Comments Add Comment

तेस्रो मन्थली कप फुटबल असोज ५ देखि

२ असोज, रामेछाप । तेस्रो मन्थली नगरपालिका कप खुला पुरूष फुटबल प्रतियोगिता असोज ५ गतेदेखि सुरु हुने भएको छ ।

दीपशिखा ब्वाइज युनाइटेड क्लब र मन्थली नगरपालिकाको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । आकाशे खेलमैदानमा हुन लागेको नगरकप असोज ९ गते सम्म चल्नेछ ।

क्लबका अध्यक्ष सुरेन्द्र बहादुर कार्कीका अनुसार प्रतियोगिताको उपाधि बिजेताले ५० हजार पुरस्कार पाउनेछ । उपबिजेता र तेस्रो हुनेले क्रमसः ३० र २० हजार पुरस्कार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment