Comments Add Comment

महोत्तरीको चुनावी रौनक, हेर्नुस् ९ तस्वीर

२ असोज, महोत्तरी । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचनमा महोत्तरीबासी निकै उत्साहका साथ सहभागी भएका छन् । महोत्तरीको २५८ वटै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भएको छ । ६५ देखि ७० प्रतिशत मत खसेको अनुमान रहेको मुख्य निर्वाचन अधिकृत किरण पोखरेलले बताए ।

सबैजसो मतदान स्थल र केन्द्रहरुमा महिलाहरुको उत्साजनक सहभागिता देखिएको अधिकृत पोखरेलले जानकारी दिए ।

मतदानस्थल र केन्द्रहरुमध्ये अधिकांशमा मतदाताको सहजताको लागि त्रिपाल लगाइएको छ भने सुत्केरी, बिरामी, अशक्त, जेष्ठ नागरिकहरुलाई मतदानमा प्राथमिकता दिइएको थियो ।

सबै सुरक्षा अंगहरुले मतदानमा सुरक्षा दिइरहेका छन् भने हवाईगस्ती समेत गरिएको छ ।

मतदान गरेर बाहिरिदै गरेकाहरुले मतपत्र ठूलो भएको र मतदान गर्न झुक्किने गरेको प्रतिक्रिया दिएका छन् ।

मतगणना आजै सुरु हुने 

मतगणना आजै सुरु हुने प्रमुख निर्वाचन कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ । मतगणनाको लागि सम्पूर्ण तयारी पूरा भैसकेको छ भने मतगणना स्थलमा सीसीटिभी जडान गरिसकेको कार्यालयले जनाएको छ ।

३ लाख आठ हजार ४०४ मतदाता रहेको महोत्तरीका १५ स्थानीय तहमा २५८ मतदान स्थल र मतदान केन्द्र ४१५ रहेका छन् । जिल्लामा १० नगरपालिका र ५ गाउँपालिका रहेका छन् ।

निर्वाचनमा १० नगरपालिकामा प्रमुख पदको लागि १ सय ३२ जना र उपप्रमुखमा ८५ जना उम्मेदवार छन् । त्यस्तै ५ गाउँपालिकामा ६५ जनाले अध्यक्ष र ५१ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment