Comments Add Comment

स्पोन्सरले धोका दिएपछि अध्यागमनबाटै फर्किएँः प्रदीप पौडेल

२ असोज, काठमाडौं । जापानको अध्यागमनबाटै फर्काइएका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रायोजकको लापर्बाहीका कारण भिषा लागेर पनि जापान प्रबेश गर्न नपाएको बताएका छन् ।

अध्यागमनबाट फर्काइएपछि आइतबार साँझ काठमाडौं आइपुगेका पौडेलले सोमबार बिज्ञप्ति जारी गरी र्फकनुको कारण खुलाएका छन् ।

उनलाई जापानमा प्रायोजन गर्ने जनसम्पर्क समितिका पूर्व सदस्य ऋदेन्द्र गिरीले स्पोन्सर गरेको र उनी अकास्मात नेपाल आएकाले स्पोन्सर नै नेपालमा भएपछि अध्यागमनका कर्मचारीले प्रवेश दिन मानेनन् ।

‘उनीहरुले मेरो जापान भ्रमण, कार्यक्रम अवधीको घुमाई बसाईबारे चासो राखे र अन्तिममा स्पोन्सर गर्ने मान्छे नै नभएपछि प्रवेश दिन नसक्ने बताए ।’ पौडेलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘अध्यागमनले गरेको केरकार मेरो निजी जिन्दगीसँग मात्रै भन्दा पनि मुलुकको स्वाभिमान र पहिचानसँग जोडिएको अनुभूत हुनासाथ त्यहीँबाट नेपाल र्फकने निर्णय गरेँ ।’

उनले आफ्नो भोगाईलाई हरियो पासपोर्ट बोक्ने हरेक नेपालीको नियतिसँग तुलना गरेका छन् । घटनाको मुख्य जिम्मेबार नेपाली जनसम्पर्क समिति भएको आरोप नेता पौडेलको छ । त्यस्तै जापानी दूताबासले भिषा दिएर पनि प्रवेश नदिनु अचम्मको कुरा भएको उनले बताएका छन् ।

यसबारे पौडेलले नेपालस्थित जापानी दूतावास पुगेर कुरा गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment