Comments Add Comment

जापानबाट कलाकारले गरे मृगौला पीडित संगीतकार गुरुङलाई आर्थिक सहयोग

१८ सेप्टेम्बर, टोकियो । मृगौला पीडित वरिष्ठ संगीतकार तथा एरेञ्जर पूर्ण गुरुङलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले आर्थिक सहयोग गरेको छ ।

दुवै मृगौलामा समस्या देखिएपछि अस्पतालको शश्यामा मृत्युसँग लडिरहेका गुरुङलाई प्रतिष्ठानको जापान शाखाले एक लाख २५ हजार रुपैयाँ उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

सेप्टेम्बर १० तारिख टोकियोमा गठन भएको प्रतिष्ठानको जापान शाखाले आर्थिक संकलनका लागि ‘पूर्ण गुरुङ बचाउअभियान’ सुरु गरेको थियो ।

प्रतिष्ठानको जापान शाखाका संयोजक युवराज आचार्यले सबैमा सहयोगको समेत अपिल गरेका छन् । जापान शाखाबाट पठाएको रकम सोमबार प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले गुरुङलाई हस्तान्तरण गरेका छन् ।

९ वर्षअघि ट्रान्सफर गरेका मृगौलाले पुनःकाम गर्न छोडेपछि गुरुङ विगत एक महिनादेखि टिचिङ अस्पतालमा उपचाररत छन् ।

अस्पतालका अनुसार गुरुङको ५,६ महिनाभित्र मृगौला प्रत्यारोपण गरिसक्नु पर्ने छ जसका लागि करिब १५-२० लाख खर्च लाग्छ । तर, आर्थिक अभावका कारण मृगौला पीडित गुरुङकी पत्नी सुमी गुरुङले सहयोगको याचना गरेकी छिन् ।

गुरुङका ‘किन तिमीमलाई देख्दा हुन्छौ टाढा टाढा’,’परेलीको बर्षातले’, ‘उडाओस् हुरीले रुझाओस् झरीले’लगायतका गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment