Comments Add Comment

१० वर्षभित्र काठमाडौंमा पेट्रोलियम गाडी चलाउन रोक्ने गगनको प्रस्ताव

२ असोज, काठमाडौं । सांसद गगन थापाले काठमाडौं उपत्यकामा १० वर्षभित्र पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधनमा रोक लगार्इ विद्युतिय सवारी साधनको मात्र प्रयोग गर्ने संकल्प प्रस्ताव संसदमा दर्ता गरेका छन् ।

प्रस्तावमा सांसदहरु रामेश्वर फुयाल, दीपक प्रसाद कुईकेल, कौशर शाह र कान्ता भट्टराईको समर्थन छ ।

काठमाडौं उपत्यकाको वायू प्रदुषणको प्रमुख पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधन भएको भन्दै उनले त्यसमा रोक लगाउने र विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् । थापाले दर्ता गरेको संकल्प प्रस्तावमा भनिएको छ, ‘संसदले आगामी दश बर्ष भित्र अर्थात् सन् २०२७ सम्म काठमाडौं उपत्यका र सन् २०३१ सम्म नेपालभर नै पेट्रोलियम पदार्थबाट चल्ने सम्पूर्ण सवारी साधनको विक्री तथा वितरणमा पूर्ण रुपमा रोक लगाई विद्युतिय सवारी साधनको मात्र प्रयोग गर्ने गराउने घोषणा र संकल्प गर्नुपर्ने ।’

संसदको घोषणा र संकल्प कार्यन्वयनका लागि कार्यतालिकासहित कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तिय र संरचनागत व्यवस्था गरि कार्यन्वयन गर्न सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ ।

सांसद थापाले विद्युतिय गाडीहरुको प्रयोग बढाउन आवश्यक प्रोत्साहनको लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नु पर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्न माग गरेका छन् ।

पेट्रोलियम पदार्थवाट चल्ने सवारी साधन पुर्णरुपमा रोक नलगाउँदासम्म प्रभावकारी जाँच तथा अनुगमन गर्न र मापडदण्ड नपुगेका सावारी साधन बन्द गर्ने संकल्प संसदले गर्नु पर्ने  प्रस्तावमा उल्लेख छ ।

काठमाडौं उपत्यकाको काठमाडौंमा प्रदुषण द्रुततर गतिमा वढिरहेको र २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले ‘जनस्वास्थ्य संकटकाल’को रुपमा लिएको भन्दै उनले भनेका छन्, वायुमण्डलीय प्रदुषणमा करिब ६० प्रतिशत हिस्सा गाडीहरूको धुवाँका कारणले भएको देखिन्छ । यो अवस्थालाई तुरुन्तै नरोक्ने हो भने काठमाडौं उपत्यकावासीले झनै अकल्पनीय भयाभहको अवस्थाको सामना गर्नुपर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment