Comments Add Comment

प्रदेश २ को सबै निर्वाचन परिणाम पाँच दिनभित्रै

फाइल तस्वीर

२ असोज, काठमाडौं । निर्वाचन आयोगले प्रदेश २ मा मतगणना सुरु भएको पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने जनाएको छ । मतगणना आजैबाट सुरु गर्ने आयोगको तयारी छ ।

मतदान सकिएलगत्तै आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले पाँच दिनभित्र सबै परिणाम सार्वजनिक गरिसक्ने गरी मतगणनाको प्रवन्ध मिलाइएको जानकारी दिएका हुन् ।

अहिले मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा लैजाने काम भइरहेको छ । उनीहरुले आजै रातीबाट वा भोलिबाट मतगणना कार्य सुरु गर्ने आयोगको भनाइ छ ।

आयोगका अनुसार प्रदेश २ का १३६ स्थानीय तहमा करिब ७३ प्रतिशत मतदान भएको छ । शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नक्कली मतदाताहरु ३८ जना र कानुनको उल्लंघन गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको राजविराज नगरपालिकाको वडानम्बर १५ मा राजपाका वडा अध्यक्ष उम्मेदवारको निधनका कारण दुई वडामा भने आज निर्वाचन हुन सकेन । अब सो स्थानमा असोज ५ गते निर्वाचन गर्ने निर्णय आयोगले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment