Comments Add Comment

धनुषामा ७२ प्रतिशत मतदान, मतगणना भोलि

२ असोज, जनकपुर । तेस्रो चरणको स्थानीय तह निर्वाचनमा धनुषामा ७२ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भने भोलिदेखि सुरू हुने छ ।

धनुषामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । सर्वसाधारणले विहानैदेखि उत्साहपूर्ण तरिकाले मतदानमा भाग लिए ।

धनुषाको नगराई नगरपालिकामा रहेको राजेश्वर निधि उच्च माध्यमिक विद्यालय मतदान केन्द्रमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले, सबैला २ स्थित रामप्रसाद माविमा माओवादी केन्द्रका नेता मातृका यादवले, कपटौलमा रहेको राप्राविमा कृषि मन्त्री रामकृष्ण यादवले, लक्ष्मीनियामा खानेपानी मन्त्री महेन्द्र यादवले र मिथिला विहारीमा एमाले नेता रघुविर महासेठले मतदान गरे ।

धनुषाका १८ स्थानीय तहमा ३ लाख, ८९ हजार ३ सय ८५ मतदाता छन् । त्यसैगरी ५ सय ३५ मतदान केन्द्र र ३ सय २६ मतदान स्थल छन् भने १ सय ६९ वडा छन् ।

प्रदेश नम्बर २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा सोमबार मतदान गरेर घर फर्किरहेका एकजनाको बीच बाटोमै ज्यान गएको छ । धनुषाको बटेश्वर गाउँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका-१ का अन्दाजी ५५ वर्षका योगेन्द्र सिंहको ज्यान गएको छ ।

स्थानीय मतदान केन्द्रमा मतदान गरेर घर फर्किने क्रममा उनको ज्यान गएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment