Comments Add Comment

काठमाडौंको सडक निर्माण सुस्तः २ वर्षमा २२ प्रतिशत मात्रै काम

३ असोज, काठमाडौं । काठमाडौं उपत्यका प्रवेशको लाइफलाइन नागढुंगा–कलंकी–त्रिपुरेश्वर सडक निर्माणको ठेक्का लागेको दुई वर्षमा ३३ प्रतिशतमात्रै काम पूरा भएको छ । ठेकेदारसँग भएको सम्झौता अनुसार सडक निर्माण आगामी कात्तिकभित्र सम्पन्न हुनुपर्ने हो । तर हालसम्म चारवटा खण्डमा लागेको ठेक्काको औषतमा ३३ प्रतिशत मात्रै काम भएको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

उपत्यकाभित्रको सातदोबाटो–लगनखेल सडक पनि आगामी असोजभित्रै सक्नुपर्ने समय सीमा छ । तर यसमा पनि हालसम्म २५ प्रतिशत मात्रै प्रगति भएको छ । चाबहिल जोरपाटी सडक पनि आगामी चैतभित्र पूरा गरिसक्नुपर्छ । चार खण्डमा ठेक्का लागेको यो सडकमा पनि अहिलेसम्म ३० प्रतिशतमात्रै प्रगति भएको छ ।

उपत्यकाको सडक विस्तारमा सरकारले दुई वर्षमा चार अर्ब ९६ करोड ६८ लाख रुपैयाँको ठेक्का लगाएको छ । उपत्यकाका विभिन्न ९ सडकको ५७ किमि विस्तार गर्न तय गरिएको उक्त रकममध्ये हालसम्म जम्मा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो खर्च नौवटै सडक आयोजनाको कुल लागतको ३२ प्रतिशत र भौतिक प्रगति २२ प्रतिशत मात्रै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment