Comments Add Comment

जनप्रतिनिधिलाई विप्लवको ‘थ्रेट’

३ असोज, काठमाडौं । राेल्पा थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले थवाङ २ कोइजवाङस्थित ससुरालीघरबाट भदौ २९ गते राति ११ बजे अपहरण गरे । माओवादी केन्द्रबाट निर्वाचित उनलाई ३१ भदौ (शनिबार) को बेलुकी रोल्पा नगरपालिका १० भनभनेमा छाडिदिए ।

नुवाकोटको शिवपुरी गाउँपालिका ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई भदौ ३१ गते राति नेकपाका कार्यकर्ताले हातपातसहित मोसो दलेर दुव्र्यवहार गरे । कांग्रेसबाट निर्वाचित उनलाई भ्रष्टाचार गरेकोलगायत आरोपमा दुव्र्यवहार गरेका थिए ।

यी दुई घटना नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहमा जितेका जनप्रतिनिधिमाथि तीन दिनयता गरेका दुव्र्यवहारका हुन् । स्थानीय तहको निर्वाचनलाई बहिष्कार गर्दै खारेज गर्ने नीति लिएको नेकपाले आफ्नो योजना सफल हुन नसकेपछि अहिले जनप्रतिनिधिलाई राजीनामा दिन बाध्य पार्ने योजना अगाडि बढाउन लागेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

स्थानीय चुनावको समीक्षा गर्न जनकपुरमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले अहिले सम्पन्न भएको स्थानीय तह निर्वाचनलाई सामान्य अर्थमा लिन नहुने भन्दै निर्वाचनले उनीहरुकै भाषामा पुरानो सत्तालाई पुनःस्थापना गराउने भएकाले यसलाई रिक्ततामा पुर्याउनु पर्नेमा जोड दिएको छ । जनकपुर बैठकको त्यही निर्णय अनुसार नेकपाले जनप्रतिनिधिमाथि थ्रेट बढाउन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment