Comments Add Comment

बारामा मतगणना सुरु, कांग्रेस २ र एमाले १ स्थानमा अगाडि

३ असोज, बारा । बारामा मतगणना सुरु भएको छ । १७ स्थानीय तहमध्ये २ को भने मतगणना सुरु हुन सकेको छैन ।  त्यहाँ गणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ ।

जिल्लाको फेटा, आदर्शकोतवाल गाउँपालिका, सिम्रौनगढ नगरपालिका, बारागढी गाउँपालिका र पर्चौता नगरपालिकामा हिजो रातिदेखि नै मतगणना सुरु भएको छ भने जितपुरसिमरा उपमहानगरपालिकामा बिहान ५ बजदेखि नै मतगणना सुरु भएको छ । निजगढ र कोहल्बी नगरपालिकामा ९ बजेपछि मतगणना सुरु हुने जनाइएको छ ।

हिजो रातिदेखि नै गणना भएका स्थानीय तहको प्रारम्भिक मतपरिणाम बाहिर आउन थालेको छ । प्रारम्भिक मतपरिणाम अनुसार बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आदर्शकोतवाल गाउँपालिकामा नेकपा एमाले अगाडि देखिएको छ । एमाले उम्मेदवारलाई नेपाली कांग्रेस, संघीय समाजवादी फोरमले पछ्याइरहेका छन् ।

बिहान ७ बजे सार्वजनिक भएको मत परिणाम अनुसार, फेटा गाउँपालिकामा संघीय समाजबादी फोरमले अग्रता बनाएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । बारागढी गाउँपालीकामा नेपाली कांग्रेसले लिड गरिरहेको छ ।

मतगणना स्थलमा फोटो खिच्न रोक
हिजोदेखि नै केही स्थानीय तहमा मतगणना सुरु भए पनि मतपरिणाम प्राप्त गर्न कठिनाइ भएको छ ।

बारामा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा मतदान स्थलमा संचारकर्मीलाई फोटो खिच्न दिइएको छैन । कडा सुरक्षा बीच मत गन्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment