Comments Add Comment

विवादमा परेको ‘नाइलनको सारीमा’लाइ १ करोड पटक हेरियो


गीतसंगीत वा कुनै कलाकार विवादमा परेको खण्डमा, त्यसले घाटा मात्र होइन फाइदा पनि दिन्छ । ग्ल्यामर लाइनमा कलाकारहरु गसिपमा रमाउन चाहनुको कारण पनि यही हो ।

चलचित्र ‘छक्का पन्जा २’मा समावेश ‘नाइलनको सारी’मा बोलको गीत पनि विवादमा परेको थियो । यो गीतको शब्द र लय चोरिएको भन्दै चर्को आलोचना पनि भयो ।
तर, यो गीत युटुबमा भने हिट भएको छ । अहिले, कुनै पनि गीतसंगीत सफलताको मापन युटुबबाट गर्ने गरिन्छ । यो गीतलाइ युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । सार्वजनिक भएको २ महिनामै यो गीतलाइ युटुबमा १ करोड पटक हेरिएको हो ।

अल्मोडा राना उप्रेती र सुजता बर्माको आवाजमा समावेश यो गीतमा स्वर्गिय कान्छा मगर नेपाली र प्रिन्स नेपालीको संगीत, दीपकराज गिरी र पि्रन्स नेपालीको शब्द छ ।

असोज ११ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment