Comments Add Comment

खाना खानसाथ गरिने यस्ता कार्य कति घातक ?

स्वस्थ्य जीवनका लागि के गर्ने ? अक्सर हामी यसैको खोजीमा हुन्छ । स्वस्थ्य र तन्दुरुस्तीको लागि सन्तुलित खानेकुरा सेवन गर्छौ, व्यायाम गर्छौ, योगा गर्छौ, स्वस्थ्य परीक्षण गर्छौ । तर, यसले मात्र पुग्दैन । कतिपय सामान्य आनीबानीले पनि हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । जस्तो कि, खाना खाने शैली, नुहाउने तरिका, हिँड्ने, सुत्ने, बस्ने ।

सामान्यतः के भनिन्छ भने स्वस्थ्य जीवनको लागि स्वस्थ्य दिनचर्या पालना गर्नुपर्छ । यसमा कस्तो खाने भन्ने मात्र होइन, कसरी खाने भन्ने कुराले समेत अर्थ राख्छ । कहाँ हिँड्ने भन्ने कुरा मात्र होइन, कसरी हिँड्ने भनने कुराले अर्थ राख्छ । कतिबेला सुत्ने भन्ने कुरा मात्र होइन, कसरी सुत्ने भन्ने कुराले पनि अर्थ राख्छ ।

स्वस्थ्य दिनचर्याका लागि उचित आहार, बिहार र बिचार महत्वपूर्ण हुन्छ । यससँगै खाने तरिका, सुत्ने तरिका, बस्ने तरिका पनि सहि हुनुपर्छ ।

खाना खानसाथ हिँड्नु ठीक वा बेठिक ?

हिँड्नु राम्रो हो, व्यायाम गर्नु राम्रो हो, नुहाउनु राम्रो हो । तर, यसको पनि निश्चित समय हुन्छ । भनिन्छ, खाना खानसाथ नुहाउनु राम्रो होइन । त्यस्तै खाना खानसाथ हिँड्नुपनि उचित मानिदैन ।

भनिन्छ, जति मानिस खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।

केवल स्वस्थ्य खानेकुराले मात्र स्वास्थ्य राम्रो हुने होइन, त्यसपछि गरिने क्रियाकलाप पनि यसमा जिम्मेवार हुन्छ । खानाको पुरा फाइद हामीलाई त्यहीबेला मिल्छ, जब पाचन प्रक्रिया सहि हुन्छ र खानाको सबै न्यूटि्रएन्ट्स हाम्रो शरीरले ग्रहण गर्छ ।

धेरैजसो अवस्थामा हामी खाना खानसाथ केहि क्रियाकलाप गर्छौ? जसले पाचन प्रक्रिया र स्वस्थ्यमा असर पर्छ । यस्तोमा कतिलाई जिज्ञासा पनि हुन्छ कि, खाना खाएपछि के गर्नुपर्छ, के गर्नु हुँदैन ?

स्वस्थ्य जीवनको लागि स्वस्थ्य दिनचर्या पालना गर्नुपर्छ । यसमा कस्तो खाने भन्ने मात्र होइन, कसरी खाने भन्ने कुराले अर्थ राख्छ ।

प्रश्न- खाना खानसाथ हिँड्नु हुन्छ ?

-खाना खानसाथ तुरुन्तै हिँड्नु सहि हुँदैन । किनभने यसले रक्त संचारमा प्रभाव पार्छ । यस्तोमा पाचन प्रक्रिया पनि सहि हुँदैन । खाना खाएको आधा घण्टापछि मात्र टहल्नु राम्रो हो ।

प्रश्न- खाना खाए लगत्तै चिया पिउनु हुन्छ ?

–  खाना खाएको दुई घण्टाबीचमा चिया पिउनु हुँदैन । किनभने चियाको पातमा एसिडिक तत्व हुन्छ । त्यसैले खाना खाए लगत्तै चिया पिउँदा प्रोटिनको डाइजेशन सहि ढंगले हुन पाउँदैन ।

प्रश्न- खाना खानसाथ फलफूल सेवन गर्न सकिन्छ ?

– खाना खाएको एक घन्टापछि मात्र फलफूल सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै फलफूल सेवन गर्दा त्यो पचाउन गाह्रो हुन्छ । त्यसको न्यूटि्रशन शरीरले ग्रहण गर्दैन । फलतः एसिडिटी वा डाइसेसनको समस्या हुनसक्छ ।

के गर्ने ?

खाना खानसाथ चिया, कफी, पानी पिउनु पनि ठीक हुँदैन । यद्यपी खाना खानुअघि र खाना खाए लगत्तै थोरै पानी पिउनु राम्रो हो, जसले पचाउन मद्दत गर्छ । खाना खाइसकेपछि सुत्नु वा सुत्ने पोजिसनमा बस्नु पनि पाचन यन्त्रको लागि अनुकुल हुँदैन । खानालाई राम्ररी पचाउनका लागि खाना खाए लगत्तै बज्रासनमा बस्नुपर्छ । कम्तिमा पाँच मिनेट यो आसनमा बस्नु राम्रो मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment