Comments Add Comment

सलमानलाइ हेर्न यूवतीको फ्यान


सलमान खान बलिउडका त्यस्ता सुपरस्टार हुन् जसलाइ मन पराउनेहरु लाखौ छन् । विश्वका जुनसुकै कुनामा उनका फ्यान भेटिन्छन् । बलिउडका यी चर्चित नायक सलमानले बेलायतमा प्रस्तुति दिएका छन् ।

बेलायतको बर्मिघम र अण्डनमा उनलाई झुलुक्क हेर्नका लागि मात्रै पनि हजारौं दर्शक सहभागी भए । सलमानलाई हेर्न चाहनेहरुमा युवतिहरु धेरै थिए । सलमानलाई हेर्नकै लागि आएकी एक युवतिले भनिन्-‘म सलमानकी ठूलो फ्यान हुँ । उनलाई देखेपछि मेरो मुटु धड्किन्छ ।’

१२ वर्षपछि बेलायतमा प्रस्तुति दिएका सलमानको भनाई अनुसार पहिला उनी एक-डेढ वर्षमा स्टेज प्रस्तुति दिन्थे । पछि उनलाइ थाकेको महशुश भयो ।
स्टेज कार्यक्रमले स्टार र फ्यानको सम्बन्ध मजबुत हुने उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment