Comments Add Comment

प्रदेश २ मा ७३ हाेइन, ७७ प्रतिशत मत खस्यो

३ असोज, काठमाडौं । प्रदेश २ मा सोमबार सम्पन्न स्थानीय तह निर्वाचनमा ७७ प्रतिशत मत खसेको पाइएको छ ।

आयोगले सुरुमा करिव ७३ प्रतिशत भनेको थियो । तर, बुधबार ७७ प्रतिशत मतदान भएको जनाएको छ । आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी)मा प्राप्त विवरण अनुसार सप्तरीमा ७६.४ प्रतिशत, सिरहामा ७७.४ प्रतिशत, धनुषामा ७३.७ प्रतिशत, महोतरीमा ७३.३ प्रतिशत, सर्लाहीमा ७६.३ प्रतिशत, रौतहटमा ८०. ४ प्रतिशत, बारामा ७९.४ प्रतिशत र पर्सामा ८०.१ प्रतिशत मतदान भएको छ ।

धेरै स्थानीय तहको मतदान सुरु भइसकेको छ भने बाँकी स्थानमा दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

प्रदेश २ का ८ जिल्लाका १३६ स्थानीय तह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment