Comments Add Comment

जितपुर सिमरा उपमहानगरपालिकामा एमालेको शुरुवाती अग्रता

३ असोज, बारा । प्रदेश नम्बर २ का तीन उपमहानगरपालिकामध्ये हालसम्म जितपुर सिमराको मात्र मतगणना शुरु भएको छ ।

बाराका दुई उपमहानगरमध्ये जितपुर सिमरामा एमालेले शुरुवाती अग्रता लिएको छ ।

बिहान ११ बजेसम्मको मतगणनामा एमालेका डा.कृष्ण पौडेलले २७५ मतका साथ अग्रता लिइरहेका छन् । कांग्रेसका कृष्णव्रत सिंह २१६ मतका साथ उनलाई पछ्याइरहेका छन् । यहाँ माओवादी तेस्रो स्थानमा छ । माओवादीका मेयर उम्मेदवार राजन पौडेल १८६ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

राजपाका मेयर उम्मेदवार अखिलेश  सिंहले ५९ मत पाएका छन् ।

यो मत वडा नम्बर १ र २४ को प्रारम्भिक गणनाको हो ।

यसैबीच, बाराकै कलैया उपमहानगरपालिकाको मतगणना केहीबेर अघि शुरु भए पनि मतपरिणाम बाहिर आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment