Comments Add Comment

टाटा मोबाइलको ठक्करबाट बानेश्वरमा युवकको मृत्यु

३ असोज, काठमाडौं । शान्तिनगर गेटअगाडि एक सवारी साधनले ठक्कर दिँदा युवकको ज्यान गएको छ । मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनालाई टाटा मोबाइलले ठक्कर दिँदा ज्यान गएको हो ।

चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका क्रममा बा७च ६२०७ नं को टाटा मोबाइलले ठक्कर दिई गम्भीर घाइते भएकामा उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment