Comments Add Comment

५८ वर्षमा १२० श्रीमती, २८ बच्चा

थाइल्याण्डमा बहुविवाह प्रतिबन्धित छ । तर त्यहाँका एक व्यक्तिले चाहीँ १२० वटी महिलासँग बिहे गरे । उनका २८ जना बच्चाबच्ची छन् ।

ती ५८ वर्षे पुरुषका सबै १ सय २० जना श्रीमतीहरुलाई एक अर्काको बारेमा थाहा छ । तर कसैले पनि कुनै समस्या उत्पन्न गरेका छैनन् ।

तम्बन प्रेजर्ट नामका ती किर्तिमान महापुरुष थाइल्याण्डको नकोन प्रान्तस्थित फ्रामिनी जिल्लाका प्रमुख हुन् । स्थानीय मिडियाहरुमा उनको बारेमा खबर फैलिएपछि उनले आफुले अवैध रुपमा १ सय भन्दा बढि बिहे गरेको स्विकार गरेका छन् ।

उनी एक निर्माण व्यवसायका मालिक पनि हुन् । मिडियालार्य आफ्नै घरमा बोलाएर उनले यस्तो जानकारी दिए – म जब १७ वर्षको थिएँ तब मेरो पहिलो विवाह भएको हो । श्रीमती म भन्दा २ वर्ष कान्छी थिइन् । हामीबाट ३ वटा बच्चा भए । त्यसपछि मेरो अरु धेरै महिलासँग सम्बन्ध गाँसियो । ती मध्ये सवैजसो २० वर्ष आसपासका तरुनी थिए । मलाई पाका महिला मन पर्दैन, किनकी उनीहरु झगडा गर्दछन् ।

समाचार अनुसार जब तम्बनले निर्माण व्यवसाय सुरु गरे उनलाई अनौठो लत लाग्यो । उनी जहाँ जहाँ घर बनाउँथे त्यहाँ त्यहाँ एकजना श्रीमती पनि बनाउँथे । उनी सगर्व यो कुरा भन्दछन् । आफुले आफ्ना सबै पत्नीलाई उत्तिकै माया गर्ने र अाफूलाई पनि उनीहरुले माया गरिरहेको उनको दाबी छ ।

उनले कुनै नयाँ महिलासँग बिहे गर्दा ढाँटछल गर्दैनन् । आफ्ना अन्य पत्नी र बच्चाबच्चीको बारेमा बताउँछन् । अनी आफ्ना पत्नीहरुलाई पनि आफुले नयाँ बिहे गर्न लागेको सूचित गर्दछन् ।

तम्बनका १ सय २० पत्नीमध्ये २२ जना त फ्रामनी जिल्लामा उनकै घरको आसपासमा बस्दै आएका छन् । अरु भने थाइल्याण्डका अन्य क्षेत्रमा बस्दछन् ।

उनलाई १ सय २० श्रीमती र २८ बच्चाबच्ची पाल्नका लागि कुनै दुख परेन । आफ्नो परिवारका सबै आवश्यकता पूरा गर्दै आएका छन् । घरबार वीहिन पत्नीहरुलाका लागि पनि घर बनाइदिए ।

तम्बनकी सबैभन्दा कान्छी पत्नी अहिले २७ वर्षकी छिन् । उनको नाम फोन हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment