Comments Add Comment

सलोनसँग डेट जान मन छ, म चाहन्छु बिहे नै गर्न नपरोस्ः रश्मी तामाङ


आठसय भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी मोडल रश्मी तामाङ चलचित्रको सौखिन् हुन् । हलमा नयाँ चलचित्र लाग्ने बित्तिकै उनी साथीभाइसँग पुगिहाल्छिन् ।

दैनिकी कसरी बित्छ ?
आज भोली खास काम छैन । घरमै बस्छु । घर बसेको वेला घर सफा गर्न निकै मज्जा लाग्छ । टिभी हेर्छु । नयाँ चलचित्र लाग्यो भने हलमा जान्छु ।

पछिल्लो समय कुन-कुन चलचित्र हेर्नुभयो ?
हलमा लागेको सबै हेरेँ । ‘ए मेरो हजुर-२, २ रुपैयाँ, प्रेमगीत-२ । चलचित्र म प्राय छोड्दिनँ ।

तपाई खासमा कस्तो मान्छे हो ?
फरक विषेशता केही छैन । थोरै छुच्छी, थोरै सोझी । परिस्थीती अनुसार छुच्ची हुनुपर्ने ठाउँमा छुच्ची हुन्छु, सोझी हुनुपर्ने ठाउँमा सोझी ।

कत्तीको रुनुहुन्छ ?
मैले थाहा पाएपछि रोएको याद छैनँ । मलाई सानोतिनो कुराले छुँदैन ।

रिस उठेको बेला ?
रिस उठ्दा कसैसँग पनि बोल्न मन लाग्दैनँ । एकजनासँग रिस उठ्यो भने अरुसँग पनि बोल्न मन लाग्दैनँ ।

जीबन के हो ?
जीवन संघर्ष हो । एक पटक पाएको जीवनको सही सदुपयोग गर्नुपर्छ । जीवनलाई सकेसम्म रसिक बनाउनु पर्छ ।

फ्यानहरु कस्ता-कस्ता छन् ?
धेरै थरी छन् ।

खराब फ्यानहरु पनि छन् कि ?
थिए । तिनलाई मैले अनप|mेण्ड गरिदिएँ । एकदुई जना त्यस्ता पनि थिए । फेशबुक खोल्नै नहुने । लगातार म्यासेज गरिरहने । तीनलाई मैलेपछि ब्लक नै गरिदिएँ ।

कमजोरी के हो ?
मैले मान्छे चिन्न सक्दिनँ । जो सुकैलाई विश्वास गर्दा आफ्नै मान्छेहरुबाट पनि धोका पाएको छु ।

धोका के केमा पाउनु भयो ?
सापटी भनेर लगेको पैसा दिएनन् । एकजनाले चारलाख खाइदियो ।

सापटी लगेका सबैले तिर्ने हो भने कति पैसा उठ्ला ?
सबैले तिर्ने हो भने मेरो गोजीमा नौ लाख जम्मा हुन्छ ।

भगवानप्रति विश्वास छ ?
अविश्वासी नै त होइन । तर, मन्दिर जाँदैमा पूण्य कमाइन्छ भन्ने विश्वास गर्दिनँ ।

दिक्क लाग्दा के गर्नुहुन्छ ?
दिक्क लाग्यो भने मुभी हेर्न जान्छु ।

आफुले आफ्नै मुल्याङकन गर्दा ?
कतिले भन्छन् कलिलै उमेरमा रश्मिले धेरै गरेकी छ । तर, मलाई त्यस्तो लाग्दैनँ । मैले गर्न धेरै बाँकी छ ।

काठमाण्डौको के कुरा दिक्क लाग्छ ?
धुलो देख्दा असाध्यै दिक्क लाग्छ । टिलिक्क टल्काएको गाडी एकछिनमै धुलाम्मे हुन्छ । गाडी पुछ्न मात्रै डेढ घण्टा लाग्छ ।

कत्तिको ब्राण्ड कन्सस हुनुहुन्छ ?
चश्मा र घडी ब्राण्डेड हुनुपर्छ । अरु त जस्तो भएपनि फरक पर्दैनँ ।

यदि फेरि जन्मिने अवसर मिल्यो भने ?
छोरा भएर जन्मिन चाहन्छु ।

किन ?
मेरो दाजु भाइ छैनन् । हामी दुई दिदी बहिनी मात्रै छौं । मेरो बाबा ममीलाई त छोरा नभएकोमा कुनै गुनासो छैन तर, हाम्रो समाजले अहिले पनि छोरा नहुने परिवारलाई खिसीट्युरी गर्ने परम्परा छ ।

पहिलो प्रेमपत्र ?
९ कक्षामा पढ्दा ७ कक्षामा पढ्ने एउटा भाइले लेखेर पठाएको थियो । स्कुल पढ्दा त्यस्ता पत्र धेरै आए ।

तपाइकै उमेरका कतिपय श्रीमानसँग हिडेको देख्दा कस्तो लाग्छ ?
मलाई त्यस्तो देखेर कुनै लोभ लाग्दैनँ । विवाह आफैंमा एउटा झन्झटिलो प्रक्रिया हो । विवाह भैसकेपछि हरेक कुरा श्रीमानलाई सोधेर गर्नुपर्छ । झन बच्चा बच्ची भएपछि त उनीहरुकै स्याहामा समय खर्च हुन्छ । म त चाहन्छु बिहे गर्नै नपरोस् ।

एकदिनको लागि डेट जान पर्‍यो भने ?
मलाई सलोन बस्नेतको अभिनय निकै मन पर्छ । मैले सलोन वालकलाकार हुदादेखि नै चलचित्र हेरेको छु । एकदिन डेट जान पर्‍यो भने सलोनसँगै जान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment