Comments Add Comment

निर्वाचन आयोगले सरकारलाई भन्योः मन्त्रीमण्डल विस्तारको निर्णय सच्याऊ

३ असोज, काठमाडौं । निर्वाचन आयोगले पछिल्लो मन्त्रीमण्डल विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर गरेको छ । साथै निर्णय सच्चाउन आग्रह गरेको छ ।

राप्रपा प्रजातान्त्रिकबाट दुई राज्यमन्त्री थप गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेका थिए । आयोगले यसले निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कठित हुने ठहर गरेको छ ।

‘मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयबाट निर्वाचनको स्वच्छता, मर्यादा र स्वच्छ प्रतिस्पर्धा कुण्ठित हुने, राज्यका संवैधानिक निकायहरुबीच संवैधानिक दायित्व बमोजिमका शक्ति सन्तुलन तथा पृथकीकरणको सिद्धान्तको अबमूल्यन हुने र निर्वाचन अचारसंहिता प्रतिकुल हुने भएकाले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अविलम्ब सच्याउन आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

यसअघि गत भदौ २६ गते पनि आयोगले मन्त्रिपरिषद विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्नसक्ने जनाउँदै यस किसिमका कार्य नगर्न/नगराउन सरकारसँग आग्रह गरेको थियो ।

देउवाले ५६ सदस्यीय मन्त्रिमण्डल गठन गरेपछि सर्वत्र आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment