Comments Add Comment

सर्लाहीमा पाँच पार्टीको प्रतिस्पर्धा, कांग्रेस अगाडि

३ असोज, सर्लाही । सर्लाहीका २० स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक रुझानमा धेरैजसो नगर र गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

महेन्द्र राजमार्ग क्षेत्रका नगरपालिकामा एमालेले अग्रता लिएको छ भने दक्षिणतर्फ कांग्रेसको अग्रता छ । कांग्रेसले मलंगवा, हरिपुर, हरिपुर्वा, धनकौल र कौडेनामा अग्रता लिएको छ ।

त्यस्तै एमालेले इश्वरपुर, हरिवन नगरपालिकामा अग्रता लिएको छ ।

माओवादीले बागमती नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै संघीय समाजवादी फोरमले बिष्णु, बरहथवा र पर्सा नगरपालिकामा अग्रता लिएको छ । राजपाले ब्रम्हपुरी गाउँपालिकामा अग्रता लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment