Comments Add Comment

च्याङ्ग्रा मरेपछि दश लाख नोक्सान

३ असोज, फलेवास (पर्वत) । हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन् ।

दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन् । पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा एउटै ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन् ।

अधिकारीले रु २२ लाखको लगानीमा १३० भेडा च्याङ्ग्रा ल्याएको बताए । उनले पाँच दिन लगाएर उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएको बताउनुभयो । च्याङ्ग्रा मरेपछि अधिकारीको झण्डै रु १० लाखभन्दा बढी नोक्सान भएको छ । अन्य च्याङग्रा पनि अस्वस्थ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment