Comments Add Comment

भन्सार छलेर भित्राइएको ३० लाख बढीको सामान वाईसीएलले राजश्वलाई बुझायो

३ असोज, नवलपरासी । भन्सार छलेर भित्राउन खोजिएको ३० लाखभन्दा बढीको सामान वाईसीएलले कब्जा गरी राजश्वमा बुझाएको छ ।

मंगलबार वाईसीएल परासीका जिल्ला संयोजक हरी भण्डारी र नवलपुर संयोजक गुराँसले पत्रकार सम्मेलन गरी सामान राजस्व विभागलाई हस्तान्तरण गरेका हुन् ।

गत भदौमा सम्पन्न राष्ट्रिय सम्मेलनपश्चात वाईसीएल नेपाल सामाजिक सुधार, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक सेवामा परिचालन भइरहेको छ ।

वाईसीएल कार्यकर्ताहरु काठमाडौंका नयाँ बसपार्क, कलंकी, चावहिल, कोटेश्वर लगायत क्षेत्रमा परिचालित भएर दशैंमा घर फर्कने यात्रुहरुलाई स्वयंसेवा दिइरहेको छ । टिकटमा हुने कालोबजारी समेत रोकिरहेको वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment