Comments Add Comment

कुन दलको अग्रता कति ? यस्तो छ तथ्यांक

कांग्रेस, एमाले, माओवादी र संघीय फोरमवीच कडा प्रतिस्पर्धा

३ असोज, काठमाडौं । प्रदेश नम्बर दुईको स्थानीय चुनावको मतगणना जारी छ । हामीलाई प्राप्त वटा स्थानीय तहको मतगणना अनुसार नेपाली कांग्रेसले अग्रता लिइरहे पनि एमालेसँग उसको दुरी धेरै टाढा छैन ।

मधेसको चुनावमा नेपाली कांग्रेसले अन्य दलहरुलाई धेरै टाढा छाड्ने दाबी गरिए पनि मुख्य चारवटा दलहरुवीच तीव्र प्रतिस्पर्धा देखिएको छ । यीमध्ये पनि एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म हामीलाई प्राप्त विवरण अनुसार नेपाली कांग्रेसले १५ स्थानमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एमालेले १४ स्थानमा अग्रता लिएको छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले ११ स्थानमा अग्रता लिएको छ भने माओवादीले १० स्थानमा अग्रता लिइरहेको छ ।

राजपाले अहिलेसम्म ४ स्थानमा अग्रता लिइरहेको छ भने फोरम लोकतान्त्रिकले एक र स्वतन्त्रले एक स्थानमा अग्रता लिएका छन् ।

कांग्रेसकोे कहाँ अग्रता ?

नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तहहरुमा सर्लाहीका कौडेना, चक्रघट्टा र धनकौल गाउँपालिका छन् ।

त्यसैगरी सर्लाहीको हरिपूर्वा नगरपालिकामा पनि कांग्रेसको अग्रता छ ।

बाराको कलैया उपमहानगरका साथै निजगढ र महागढीमाई नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।

सिम्रौनगढमा पनि फोरमलाई कांग्रेसले उछिनेर अग्रता लिएको खबर छ ।

रौतहटको परोहा र गढीमाई नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

ईश्वरनाथ नगरपालिकामा पनि कांग्रेस अगाडि छ ।

सप्तरीको बेल्ही चपेना गाउँपालिका र खड्ग नगरपालिकामा कांग्रेसको अग्रता छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकामा कांग्रेसका अग्रता छ ।

पर्साको कालिका गाउँपालिकामा कांग्रेस अगाडि छ ।

एमालेको अग्रता कहाँ ?

बाराको जितपुर सिमरा उपमहानगरपालिमा एमालेको अग्रता देखिएको छ ।

पर्सा जिल्लाको पर्सागढी, सखुवा प्रसौनी र पटेर्वा सुगौलीमा एमालेले अग्रता लिइरहेको छ ।

सिरहाको लाहान, नरहरा र विष्णुपुरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

त्यसैगरी सप्तरीको सप्तकोशी नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।

रौतहटको गौर र गरुडा नगरपालिकाका साथै यमुनामाई नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

धनुषाको मिथिला नगरपालिकामा एमालेको सुरुवाती अग्रता छ ।

सर्लाहीको ईश्वरपुर र हरिवन नगरपालिकामा एमालेको अग्रता छ ।

माओवादीको अग्रता

माओवादी केन्द्रले पनि उल्लेख्य स्थानमा अग्रता लिइरहेको छ । हालसम्म १२ स्थानमा उसले अग्रता लिएको छ । धेरैवटा स्थानीय तहमा माओवादी दोस्रो स्थानमा छ ।

सिरहाको मिर्चैया, अर्नमा, गोलबजार र धनगढीमा समेत गरी ४ स्थानमा माओवादीको अग्रता देखिएको छ ।

त्यस्तै रौतहटको चन्द्रपुर, फतुवा विजयपुर र वौद्धीमाईमा माओवादीको अग्रता छ ।

महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम नगरपालिकामा माओवादीले अग्रता लिएको छ । धनुषाको सबैला नगरपालिकामा पनि माओवादीको अग्रता छ ।

पर्साको ठोरीमा पनि माओवादीले सुरुवाती अग्रता लिएको छ ।

संघीय फोरमको अग्रता कहाँ ?

मधेसकेन्द्रित दलहरुमध्ये संघीय समाजवादी फोरमले राजपाको भन्दा राम्रो परिणाम ल्याइरहेको छ । उपेन्द्र याउदव नेतृत्वको फोरम अहिलेसम्म स्थानमा अगाडि छ ।

फोरमले पर्साको धोबनी, धनुषाको हंसपुर र रौतहटको गुजरा, लगायतका स्थानीय तहहरुमा अग्रता लिइरहेको छ ।

त्यसैगरी संघीय फोरमले रौतहटको देवाही गोनाही र माधवनारायण नगरपालिकामा पनि अग्रता लिएको छ ।

सर्लाहीको बरथहवा नगरपालिका र विष्णु गाउँपालिकामा फोरमको अग्रता छ ।

राजपाको अग्रता कहाँ कहाँ

राजपाले संघीय फोरमको भन्दा थोरै स्थानमा अग्रता लिएको छ । सर्लाहीको ब्रह्मापुरी गाउँपालिका, रौतहटको गुजरा, सप्तारीको तिलाठी र बाराको पचौरासमेत गरी ४ स्थानमा राजपाको अग्रता छ ।

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पर्साको जिराभवानी गाउँपालिकामा मात्रै अहिलेसम्म अग्रता लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवले अग्रता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment