Comments Add Comment

जितपुर सिमरा उपमहानगरको २४ वडामा एमाले विजयी


३ असोज, बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एमालेले वडा नम्बर २४ मा प्यानलै जितेर बिजयी शुरुवात गरेको छ ।

मंगलवार अपरान्ह सम्पन्न मतगणनामा एमालेका इलियास देवान वडाध्यक्षमा निर्वाचित भएका छन् । २४ नम्बर वडाका नवनिर्वाचित अध्यक्ष र सदस्यहरुलाई एमालेका मेयर उम्मेदवार डा.कृष्ण पौडेलले खादा र माला लगाएर बधाई दिएपछि बिजय जुलुस निकालेका छन् ।

जितपुर सिमराको मेयर र उपमेयरमा पनि एमालेले अग्रता लिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment