Comments Add Comment

‘वर्डक्याम्प काठमाडौं’ को तेस्रो संस्करण आयोजना हुने

३ असोज, काठमाडौँ –  संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धि अन्तरास्ट्रिय स्तरमा गरीने सेमिनार कार्यक्रम “वर्डक्याम्प काठमाडौँ” को तेस्रो संस्करण वर्डक्याम्प काठमाडौँ २०१८ को आयोजना आगामी चैत्र ३ र ४ गते शनिबार र आइतबार (मार्च १७ र १८)मा काठमाडौँमा हुने भएको छ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह – वर्डप्रेस नेपालद्धारा वर्डक्याम्प पहिलोपटक आयोजना भई प्रत्येक वर्ष आयोजना हुदै आएको छ ।

एक तथ्यांक आनुसार  विश्वका सम्पूर्ण वेबसाईट मध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाईएको हुन्छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्न देखि, ठुला ठुला अनलाईन समाचार पोर्टल, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रचलित छ । नेपालमा मात्र वर्डप्रेसमा काम गर्ने ५० भन्दा बढी आइ टि कम्पनिहरु र सयौंको संख्यामा फ्रील्यांसरहरु रहेका छन् ।

यस संस्करणको वर्डक्याम्प माइतीघर स्थित कार्की ब्यान्केटमा आयोजना हुनेछ । अन्य संस्करणहरु भन्दा भिन्न यो पटक २ दिने कार्यक्रम हुने छ । पहिलो दिनको कार्यक्रममा एउटा हलमा व्यवहारिक कार्यशाला र अर्कोमा सामुहिक छलफल र विभिन्न बिषयहरुका  बिज्ञहरु द्वारा प्रस्तुतीकरण हुनेछन ।

यो कार्यक्रम – वर्डप्रेस मा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनि, सूचना प्रबिधिमा करियर बनाउन खोजेका बिधार्थी तथा वर्डप्रेस संग सम्वन्धित व्यक्ति हरु संग समन्ध निर्माणको लागि उपयुक्त हुनेछ । यसैगरी दोस्रो दिन योगदान दिवस (Contribution Day) रहनेछ, जसमा विभिन्न विधाहरुमा वर्डप्रेसमा लामो समयदेखि काम गरेकाहरुले वर्डप्रेस समुदायलाई अनलाईन गर्न मिल्ने कामहरु गरेर योगदान दिनेछन् ।

वर्डप्रेस समुदायहरुकै योगदानले चलेको हुनाले नेपाली वर्डप्रेस प्रयोगकर्ताहरुले पनि यस पटकको वर्डक्याम्प बाट १ दिन योगदान दिन पाउनु गर्वको कुरा भएको आयोजक समितिले बताएको छ ।

कार्यक्रममा ४००  जनाभन्दा बढीको सहभागिता रहने छ । कार्यक्रममालाई वर्डप्रेसमा काम गरेर सफल विभिन्न स्वदेशी तथा विदेशी कम्पनीहरुले प्रयोजन गरेका छन् ।

कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस विज्ञहरु, साथै केहि विदेशी ख्यातिप्राप्त कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न बिषयमा प्रस्तुती दिने हुनाले वर्डक्याम्प को यो संस्करण महत्वपुर्ण हुने बताईएको छ ।

संसारभरी नै विभिन्न देश र शहरहरुमा हरेक बर्ष आयोजना हुने वर्डक्याम्पका विभिन्न संस्करणहरुले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने लाखौलाई जोड्ने र  यस क्षेत्रका आफ्नो पेशा / व्यवसाय शुरु गर्न चाहनेहरुको लागि मार्ग निर्देशन दिने गरेको जानकारी पनि आयोजकले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment