Comments Add Comment

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री देउवा अमेरिका प्रस्थान

३ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार अमेरिका प्रस्थान गरेका छन् ।

उनले शनिबार महासभालाई सम्वोधन गर्ने कार्यक्रम छ । १ सय ९३ मुलुक सहभागी हुने राष्ट्रसंघको महासभामा प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा जानकारी गराउनेछन् । अमेरिका बसाइको क्रममा उनले विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

देउवाको विदाईका लागि उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र सभामुख ओनसरी घर्ती र मन्त्रीहरु विमानस्थल पुगेका थिए ।

देउवासँग अमेरिका प्रस्थान गरेको नेपाली प्रतिनिधिमण्डलमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई लगायत छन् । महासभाका लागि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भने केहि दिन अघि नै न्यूयोर्क पुगिसकेका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही असोज १२ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment