Comments Add Comment

कार्यवाहक प्रधानमन्त्रीको जिम्मा गच्छदारलार्इ

३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन एवं मित्रराष्ट्र ओमानको औपचारिक भ्रमण गर्ने सिलसिलामा आज संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा स्थानीय विकास मन्त्री गच्छदारलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जानकारी दिए ।

नेपालको संविधानबमोजिम प्रधानमन्त्री देउवाको सिफारिसमा उपप्रधानमन्त्री गच्छदारलाई सो जिम्मेवारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment