Comments Add Comment

इटहरीमा भारतीय भिखारीको बिगबिगी, दशैंमा दुलेचोर बढे

३ असोज, इटहरी । सोमबार इटहरी चौकस्थित हिरा होटल अगाडि एक १६ वर्षकि जस्तो दखिने महिला बाटोमा हिँड्ने सबै यात्रुसँग सहयोग रकम माग्दै थिइन् ।

मैला लुगा लगाएकी बालिकाको हातमा सहयोग गरिदिनु बुबा बिरामी हुनुहुन्छ भन्ने कागज थियो । तर, उनी कोहीसँग बोलिनन् इशाराले पैसा माग्दै हिँड्दै थिइन् ।

त्यस्तै अधबैंसे उमेरका देखिने एक अर्कीर् महिला पनि मुख्य चौकमा बटुवासँग निसंकोच पैसा मागिरहेका देखिन्थिन् । आफू मुटु रोगी भएको बताउने उनी केही दिनदेखि इटहरी आसपासका पसलहरुमा माग्दै हिँड्दैछिन् ।

स्थानीय पानीपुरी ब्यापारी सञ्जिव चौधरीका अनुसार कचौरा वा हात फैलाउँदै पैदल यात्रीलाई पछ्याउने केटाकेटीदेखि बृद्धसम्म इटहरी बजारमा एकाएक बढेका छन् । गरिब भएको पत्र बोकेर माग्दै हिँड्ने, स-साना बालबालिका एवं दूधे बच्चालाई च्यापेर सडकमा माग्दै हिँड्नेको संख्या बढ्दो छ ।

नेपालीहरुको महान चाडपर्व नजिकिँदै गर्दा पूर्वको हब बन्दै गएको इटहरीमा भिखारीहरुको बिगविगी हुन थालेको छ । बजारमा विभिन्न बहानामा पसलहरुमा भारतीय बजारबाट आएका माग्नेहरुको समेत बिगविगी हुन थालेकोे स्थानीय बताउँछन् । उनीहरु समूहमै शहरी क्षेत्रमा आएर विभिन्न बहानामा माग्ने गरेको इटहरी चौकमै रहेको हिरा होटलका सञ्चालक प्रकाश महतोले बताए ।
महतोका अनुसार समूह नै बनेर आएका महिलाहरुको ग्रुपले चोरी तस्करी समेत गर्ने गरेको भन्दै प्रशासनलाई कडाइ गर्नर् आग्रह गरे ।

कतिपय व्यत्ति mहरु स्कुलको ड्रेस समेत लगाएर माग्नलाई शहर पसेको ब्यवसायीहरुले बताएका छन् । धेरै संख्यामा महिलाहरु भित्रिएका छन् । उनीहरु बिहान जोगवनीबाट बिराटनगर हुँदै आउने र बेलुका सीमापारि र्फकने गरेको स्थानीयबासी बताउँछन् ।

उनीहरु खाना पनि राम्रो खान्छन् । मिनिरल वाटर पिउँछन् । दिनभरि शहरहरुमा नयाँ नयाँ तरिका उपनाएर चाडवाडमा खर्च जुटाउनेहरु बढ्न थालेको इटहरीबासीको अनुमान छ ।

बटुवालाई छेकेर आफ्नो दयनीय अवस्था दर्शाउँदै कागजात देखाएर मागेकै भरमा उनीहरूले आˆनो जीवन भने चलाइरहेका छन् ।

अपवादमा कोही असहाय होलान, तिनीहरू रोगबाट पीडित पनि होलान, कोही काम गर्न नसक्ने होलान् । तर, हातखुट्टा सग्ला भएका र बुबाआमा भएकाहरूले माग्ने ‘पेसा’ बनाएका छन् ।

यसरी सडकमा नक्कली कागजात बनाएर माग्न हिड्नेहरूको संख्या कति छ ? कसैलाई थाहा छैन । नगर प्रशासनले पनि यस विषयमा चासो नलिँदा बजार माग्नेहरुको संख्या बढ्दो छ ।

इलाका प्रहरी कार्यलय इटहरी समेत मगन्तेहरुका कारण हैरान भएको बताउँछ । समूहमा हिँड्ने माग्नेहरुले चोरी तस्करीमा समेत संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरेर दिनभरि प्रहरी कार्यलयमा राखेर केही समूहलाई छाडिएको इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी सञ्जय राउतले बताए ।

उनले भारतबाट आएका मगन्तेहरुलाई पक्राउ गर्ने काम भइरहेको बताए । आइतबारमात्रै इटहरी बजारमा गृहणीको सुन चोरेर भाग्दै गरेका निरज यादवलाई पक्राउ गरेको उनले बताए । दशैं तिहारमा दुलेचोर बढ्न सक्ने भन्दै कडाइ गरिएको डीएसपी राउतले बताए ।

धनबहादुर पुरीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment