Comments Add Comment

महोत्तरीको बर्दिबासमा भारी वर्षा, मतगणना प्रभावित

फाइल तस्वीर

३ असोज, महोत्तरी । हावाहुरीसँगै भारी वर्षा भएपछि महोत्तरीको बर्दिवासमा मतगणना प्रभावित भएको छ ।

बर्दिवाससँगै चुरे छेत्रमा हुरीसहित ठूलो वर्षा भइरहेको छ । बर्दिवासस्थित मतगणना स्थलमा पानी चुहिएपछि गणना प्रभावित भएको हो ।

बर्दिबास नगरपालिकाको वडा नम्बर १ र १४ को गणना सकिएको छ । २ र १३ नम्बर वडा गणना सुरु गर्नै लाग्दा पानीले गणना प्रक्रिया प्रभावित भएको हो । बर्दिबासको पक्की कवर्ड हलमा पानी पस्ने सम्भावना नरहे पनि चुहिएको पानीले समस्या पारेको हो ।

एक घण्टादेखि जारी वर्षाका कारण महोत्तरीका नदीहरुमा बाढीको खतरासमेत देखिएको छ ।

बर्दिबासको वडा नम्बर १ बाट विजयी भएका माओवादी केन्द्रका चुडामणि पोखरेल र १४ मा विजयी भएका कांग्रेसका भरतबहादुर हमालको बिजय जुलस पनि वर्षाले प्रभावित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment