Comments Add Comment

संसदमा एकैदिन १४ विधेयकमाथि कारबाही

बल्ल बन्यो स्थानीत तह सञ्चालन कानुन

४ असोज, काठमाडौं । कार्यकाल सकिन एक महिना बाँकी रहँदा व्यवस्थापिका संसद्ले महत्त्वपूर्ण विधेयकमाथिको कारबाहीलाई तीव्रता दिएको छ । मंगलबार दुईपटक बसेको संसद् बैठकमा १४ विधेयक प्रस्तुत भए, तीमध्ये सातवटा पारित भएका छन् ।

त्यस्तै तीन विधेयकमाथि छलफल, दुई फिर्ता र दुईवटा विधेयक पेस भएका छन् ।

संविधान कार्यान्वयनसँग जोडिएको राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयकमामथि संसद्मा छलफल भएको छ ।

संविधान कार्यान्वयनसँग जोडिएको स्थानीय सरकार सञ्चालन विधेयक संसद्बाट पारित भएको छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो ऐन कार्यान्वयनमा आउनेछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment