Comments Add Comment

हायातको सरकारी लगानी हत्याउने दाउमा निजी साझेदार

२० अर्बको सम्पत्तिमा चलखेल

४ असोज, काठमाडौं । मुलुककै ठूलो पाँचतारे होटल (हायात) को सेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोजेको खुलेको छ ।

सार्वजनिक–निजी साझेदारीअन्तर्गत २०४९ सालमा स्थापना भएको हायातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार (राघेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार) को २५ करोड ७५ लाख रुपैयाँ लगानी गरिएको थियो । कुल लगानीमध्ये ३९.७७ प्रतिशत लगानी थियो । अहिले एक सय ५० रोपनी जग्गासहित यो होटलको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि छ ।

सराफ र श्रेष्ठ परिवार एवं सरकारी अधिकारीको मिलेमतोमा होटललाई प्रत्येक वर्ष घाटामा देखाएर सरकारी लगानीलाई आफ्नोतर्फ पार्न साझेदारले चलखेल गरेका हुन् । निजी साझेदारले पहिले चलखेल गरेका हुन् । निजी साझेदारले पहिले होटल घाटा देखाएर सेयरको मूल्य घटाउने त्यसपछि लगानी बढाउने निहुँमा हकप्रद सेयर जारी गर्ने र त्यो सेयर आफैंले किन्ने गरेको देखिन्छ । आजको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment