Comments Add Comment

आर्थिक समाचार: मासिक ८ अर्बको खसीबोकाको मासु खपत

४ असोज, काठमाडौं । नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैया बराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मुल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाको खसीबोकाको मासु खपत गर्दै आएको पाईको छ ।

मासिक ८ अर्बको खसीबोकाको मासु खपतलाई अन्नपूर्ण पोष्टले मुख्य समाचार बनाएको छ । राष्ट्रबैंकको नियमनमै सहकारीलाई पनि अन्नपूर्णले लेखेको छ । उत्पादन नेपाली, ब्रान्ड इन्डियन भन्ने खवर अन्नपूर्णमा छापिएको छ ।

पालो मिचेकोमा ग्रिनकार्डधारी पाइलट शेर्पा ग्राउन्डेडलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । माथिल्लो तामाकोसीको भौतिक प्रगति ९० प्रतिशत नाघ्योलाई पनि नागरिकले लेखेको छ । भेरी–बबइमा नोभेम्बरदेखि टिबिएमबाट सुरुङलाई पनि नागरिकले लेखेको छ ।

सहकारी विधेयक पारितलाई मुख्य समाचार बनाएको कारोवार दैनिकले आर्थिक वर्षको सुरुमै व्यापारमा मन्दीलाई पनि लेखेको छ ।

केरा पकाउन विद्युतीय मेसिनलाइ पनि कारोबारले लेखेको छ । १३ प्रतिशत मात्रै करको दायरामालाई अभियानले मुख्य समाचार बनाएको छ । पाइपलाइन निर्माणको कार्य अझै सुस्तलाई पनि अभियानले लेखेको छ ।

सडक बिग्रिएपछि भाउ चर्कियोलाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले तयारी पोशाकमा गुणस्तर मापदण्ड तोकिनेलाई पनि लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment