Comments Add Comment

जनकपुर उपमहानगरमा राजपाको अग्रता कायमै

४ असोज, धनुषा । जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीको अग्रता कायमै छ । कांग्रेस दोस्रो स्थानमा छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार, राजपाका मेयर उम्मेदवार लालकिशोर साह कांग्रेस उम्मेदवारभन्दा ३३० मतले अगाडि छन् । लालकिशोरले १०७४ मत ल्याउँदा कांग्रेसका मनोज साहले ७४४ मत पाएका छन् ।

उपमेयरमा पनि राजपाकै अग्रता यथावत छ । राजपाकी उपमेयर उम्मेदवार रिता झाले ४६४ मत हासिल गर्दा उनलाई कांग्रेस उपमेयर उम्मेदवारले ३८२ मतका साथ पछ्याइरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment