Comments Add Comment

जब आमाले परदेशी छोरालाई काठको बाकसमा देख्छिन्

'आमा’ लिएर आए खड्का

‘धेरै कमाएर बाकसभरी पैसा लिएर आइज् है बाबु’-आमा भन्छिन् ।

‘हस् आमा हस्’भन्दै छोरा बिदाइको हात हल्लाउँदै परदेशतिर हानिन्छ ।

गहभरी आँशु । मन गह्रुङ्गो हुन्छ । तर, आमाले ऋणको भारी बिसाउने आशमा घरमा भएको एक्लो छोरालाई परदेशको बाटो देखाउँछिन् । आमाको सपना लिएर छोरा परेदेशको बाटो लाग्छ ।

आमा परदेशबाट छोराले धेरै पैसा पठाएपछि साहुको ऋण तिर्ने आशामा दिन गन्दै बसेकी हुन्छिन् । तर, साहुको ऋण तिरेर सुखले बस्ने आमाका खुसीका सपना त सपनामै सिमित हुन्छन् ।

खुसीको खबर पर्खिएकी आमाको कानमा कालो खबर आइपुग्छ । आमा छाँगाबाट खसेझैं हुन्छिन् ।

छोरालाई धेरै पैसा कमाएर बाकसभरी ल्याउन आर्शिवाद दिएकी आमा छोराको शरीरलाई काठको बाकसमा देखेपछि मुर्छित हुन्छिन् । माहोल निकै भावविह्वल बनिदिन्छ ।

छोरा सानैछँदा पति गुमाएकी आमा बुढेस्कालको साहारा छोरालाई पनि गुमाउँदा आफ्नै भाग्यलाई सराप्दै रुन्छिन् ।

माथि उल्लेखित वाक्यांश नेपाली समाजको एउटा यथार्थपरक चित्रण गर्दै तयार पारिएको ‘आमा’गीतको बिषयवस्तु हुन् ।

‘हरेक दिन नेपाली परदेशमा रुन्छ’ गीतबाट चर्चामा आएका बागलुङ्गे गायक सूर्य खड्काको आवाजमा रहेको मर्मस्पर्शी ‘आमा’गीतले नेपाली समाजको यर्थाथपरक चित्रण गरेको छ ।

गीतले परदेशमा पैसा कमाउनगएको छोरा काठको बाकसमा घर र्फकदा एउटी आमा र समाजले भोग्नेे पीडालाई देखाइएको छ ।

विगत १० वर्षदेखि जापानमा रहेका गायक खड्काले आफ्ना प्रायःगीतहरुमा परदेशीकै कथाव्यथालाई समेट्ने गरेका छन् ।

सुमुधुर स्वरका धनी खड्का परदेशी गायकको उपनामले चिनिन्छन् ।

गीतमा प्रशान्त पौडेलको शब्द र गायक खड्ककै लय संकलन रहेको छ । स्मृतिति मिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको यो गीतमा रमा थपलिया, सुरविर पण्डित, चेतन अर्यालको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment