Comments Add Comment

वीरगञ्जमा राजपाले लियो अग्रता

४ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको जारी मत गणनामा दुई दलबीच कडा प्रतिष्पर्धा देखिएको छ । यसअघि सार्वजनिक मतपरिणाममा कांग्रेस अगाडि देखिए पनि राजपाले स्थितिमा सुधार गर्दै अग्रता बनाएको छ ।

यहाँ संघीय समाजवादी फोरम तेस्रो स्थानमा छ ।

प्राप्त परिणाम अनुसार, यहाँ राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२३९ मतका साथ ‘लिड’ गरिरहेका छन् । कांग्रेसका अजयकुमार द्विवेदी राजपा उम्मेदवारभन्दा २७४ मतले पछाडि छन् । उनको मत ९६५ छ ।

संघीय समाजवादी फोरम यहाँ तेस्रो स्थानमा देखिएको छ । फोरमका मेयर उम्मेदवार विजयी सरागवी ४७६ मत हासिल गरेका छन् ।माओवादी केन्द्रका मेयर उम्मेदवारले पाएको मत ४०९ छ भने एमाले र लोकतान्त्रिक फोरमका मेयर उम्मेदवारले क्रमशः ३२५ र २९३ मत बटुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment