Comments Add Comment

सर्लाहीको प्रारम्भिक रुझानः राजमार्गमा एमाले–माओवादी कडा टक्कर

राजपाको हेडक्वार्टरमा पाँच दलको उस्तै-उस्तै प्रदर्शन

४ असोज, सर्लाही । सर्लाहीका २० स्थानीय तहमध्ये अधिकांशमा मतगणना जारी रहँदा पाँचवटा पार्टी प्रतिस्पर्धामा देखिएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्ग क्षेत्रका अधिकांश स्थानीय तहमा एमालेले अग्रता लिँदा दक्षिण भेगमा अन्य दलबीच प्रतिस्पर्धा भइरहेको छ ।

जनघनत्व बढी रहेका राजमार्ग क्षेत्रका नगरपालिकामा एमालेलाई माओवादीले टक्कर दिरहेको छ । राजमार्गमा दुई वामपन्थीको टक्करमा कांग्रेस निरीह देखिएको छ । राजमार्गका कुनै पनि नगरपालिकामा कांग्रेस दोस्रोमा पनि छैन ।

राजमार्गमा जोडिएका सर्लाहीका ६ नगरपालिकामध्ये चारमा एमालेले अग्रता लिएको छ भने माओवादी र फोरम एक–एक स्थानमा अगाडि छन् । दक्षिणका स्थानीय तहमा भने चार पक्षीय प्रतिस्पर्धा छ ।

पछिल्लो विवरण अनुसार, हरिवन, ईश्वरपुर, लालबन्दी र हरिपुर नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

कांग्रेसले मलंगवा, चक्रघट्टा, धनकौल गाउँपालिकामा अग्रता लिएको छ भने माओवादीे बागमती नगरपालिकामा अगाडि छ ।

त्यस्तै, राजपाले बलरा, कौडेना, चन्द्रनगरमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले विष्णु गाउँपालिका र बरहथवा नगरपालिकामा ‘लिड’ गरिरहेको छ ।

अन्य केही स्थानीय तहको मतगणना भइरहे पनि विस्तृत विवरण आउन बाँकी छ । मतगणनाको प्रारम्भिक रुझान् हेर्दा सर्लाहीमा कांग्रेस, एमाले, माओवादी, राजपा र संघीय समाजवादी फोरमको उस्तै–उस्तै अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment