Comments Add Comment

दशैं योजना तथा नाडा अटो-शो अन्तर्गतका विजेता पुरस्कृत

४ असोज, काठमाडौं । अग्नि ग्रुपले चाडपर्व तथा नाडा अटो शोको अवसरमा आफ्ना भगिनी संस्थाहरु अग्निमोटो इन्कको तथा अग्नि इन्कर्पोरेटेडको लागि क्रमश ‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’ तथा ‘महिन्द्रा विग, विग्गर विग्गेष्ट अफर’ दुई वटा योजना प्रस्तुत गरेको थियो ।

लक्की ड्रको आयोजना नक्सालस्थित आफ्नै शो रुममा गरिएको थियो । अग्निमोटो इन्क अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्राप्तगर्न सकिन्छ । यसरी पहिलो १५दिनमा रानीहार प्राप्त गर्नुहुने पहिलो विजेतामा भैसेँपाटीका बीरबहादुर तामाङ्ग तथा माहिन्द्रा मोजो बाइकको लागि पथरी मोरङ्गका बुद्धिबल राईले जिते ।

त्यसै गरी नाडा अटो शोमा ‘ईटूओ इलेक्टि्रक कार भित्र भएको सही रकम उल्लेख गरी १२५ सिसिको महिन्द्रा गोस्टो जितौ’ भन्ने विशेष कार्यक्रम अन्तर्गत ४००० सहभागीमध्ये ४ जनाले सही रकम उल्लेख गरेका थिए । ४ जनामध्येबाट पनि भाग्यशाली विजेताको रुपमा भगवती काफ्ले छनौट भएकी थिइन् । उनले १२५ सिसिको गोस्टो बाइक जितिन् ।

उक्त योजनाहरुमा सहभागी भएका व्यक्तिहरु तथा विजेताहरुलाई अग्नि ग्रुपले कृतज्ञता एवम् हार्दिक बधाई ज्ञापन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment