Comments Add Comment

जन्मदिनमा ‘धुर्मुस’ले ‘एकिकृत बस्ती निर्माण’ सुरु गरे


आफ्नो जन्मदिनको अवसर पारेर हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ले रौतहटको सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरेका छन् । बुधवार बिहान सन्तपुरमा आयोजित कार्यक्रममा सिताराम र उनकी श्रीमती कुञ्जना घिमिरेले बस्ती निर्माणको शिलान्यास गरे ।

५ करोड ७५ लाखमा निर्माण हुने उक्त बस्ती माझी, मुसहर, हजाम र देशार समुदायका लागि बनाउन लागिएको सितारामले बताए । बाढीको चपेटामा परेका ति समुदायको जीवनस्तर उकास्नका लागि बस्ती निर्माण सुरु गरिएको सितारामको भनाई छ ।

आउँदो माघसम्म बस्ती निर्माण सकाउने योजना बनाएका सितारामले २ नम्बर प्रदेशका होटल ब्यबसायी संघ लगायत अन्य स्थानियको पनि सहयोग रहेको जानकारी दिए ।

भूकम्पपछि सामाजिक काममा सक्रिय भएका सिताराम र कुञ्जनाले अहिले ‘धुर्मुस सुन्तली फाउण्डेशन’ सञ्चालन गरिरहेका छन् । फाउण्डेशनले यसअघि गिरान्चौर र मुसहरहरुका लागि सामुहिक वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment