Comments Add Comment

नक्शालमा खुल्यो महिन्द्राको शोरुम

ग्राहकलाई सहज सेवा दिने प्रमुख लक्ष्य

४ असोज, काठमाडौं । नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर विक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने क्रममा हालै नक्शालमा आफ्नो शोरुम स्थापना गरेको छ ।
उक्त शोरुममा महिन्द्राको पिक अप गाडि मात्र राखिएको छ । उक्त शोरुमको उद्घाटन महिन्द्रा एण्ड महिन्द्राका चिफ अफ इन्टरनेशनल अपरेशन अरबिन्द म्याठु र इन्टरनेशनल अपरेशन, साउथ एसिया,महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्ष सन्जय जादवले गरे ।

ग्राहकहरुलाई सहज एवं सुलभ सेवा दिने उद्देश्यले नक्शाल स्थित शोरुममा पिक अप गाडिमात्र राखिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै ग्राहकहरु माझ आˆनो प्रस्तुतीलाई अझै बलियो बनाउँदै आज नक्शाल स्थित शोरुमले शहरको मूख्य क्षेत्रबाटै ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् प्रस्तुत गर्ने विश्वास कम्पनीले लिएको छ ।

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्‍याउँदै आई आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडिहरुको बिक्रेताको रुपमा आफूलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।

अग्नि ईन्कर्पोरेटेड प्रा.लि नेपालको लागि महिन्द्रा एण्ड महिन्द्रा गाडीहरुको (एमयूभि तथा ट्र्याक्टर) बेच्ने एक मात्र आधिकारिक विक्रेता हो । कम्पनीले हाल आएर नेपाल अधिराज्यभर आफ्ना विभिन्न डिलरहरु मार्फत् महिन्द्रा एण्ड महिन्द्रा गाडीको बिक्री वितरण गर्दै आएको छ । बिक्रीपछिको ग्राहकमुखी सेवा तथा स्पेयरपार्टहरुको सर्वसुलभता नै अग्नि ईन्कर्पोरेटेडको मुख्य विशेषता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment