Comments Add Comment

‘पञ्चेबाजा’मा ‘बिहे गर्दिनु पर्दैन’ भन्दै झोक्किए सौगात


नायक सौगात मल्ल पर्दामा विभिन्न चरित्र निर्वाहा गर्न माहिर छन् । उनै, सौगातले चलचित्र ‘पञ्चेबाजा’को छायांकन सकेका छन् । काठमाण्डौको मण्डला थिएटरमा चलचित्रको इन्डक्ल्याप दृश्य खिचियो ।

हातमा मसाल बोकेर सौगातले आफ्नै घर जलाउन खोजेको दृश्य खिचिएको थियो । उनले आफ्नो घरभित्र बाबु-आमालाइ थुनेर घर जलाउने प्रयास गरेका थिए । उनले संवाद बोले-‘मेरो बिहे गर्दिनु पर्दैन ? मलाइ नयाँ खाटमा सुत्न मन छैन होला ? मेरो मन के ढुंगाको हो ? मेरो भन्दा अगाडि बिहे गर्दिनेलाइ जिउँदै जलाएर मार्छु ?’ उनले यस्ता संवाद बोलेका थिए ।

नाटकमा काम गर्ने एक कलाकारको जीवन कस्तो हुन्छ भन्ने कथामा यो चलचित्र बुनिएको छ । चलचित्रलाइ घनश्याम लामिछानेले निर्देशन गरिरहेका छन् । चलचित्रमा उनको साथमा कर्मा, जस्मिन श्रेष्ठ, श्रृजना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका छ ।

न्यू भेनस फिल्मस्को प्रस्तुतीमा निर्माण भएको यो चलचित्रमा प्रदिप भारद्धाजको कथा, पटकथा तथा संवाद, कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत छ । यो चलचित्रलाइ राजेश शाहीले निर्माण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment