Comments Add Comment

धोनीकी पूर्व प्रेमिका, जसले बलिउडका लागि ‘विकिनी शरीर’ बनाइन्


चलचित्र ‘जुली २’बाट एक हट सुन्दरी बलिउडमा भित्रदै छिन् । उनको नाम, ‘राइ लक्ष्मी’ हो । हुनत, उनका लागि ‘जुली २’ नै पहिलो अनुभव भने होइन । उनले ६० भन्दा बढी साउथका चलचित्रमा काम गरेकी छिन् ।

तर, ‘जुली २’का लागि उनले आफ्नो तौल साढे ७ केजी घटाएपछि उनलाइ धेरै साउथ चलचित्रबाट हाट झिक्नु परेको छ । उनको अहिले ‘विकिनी शरीर’ भएको छ ।
उनी साउथमा निकै पपुलर छिन् । ‘राइ लक्ष्मी वा लक्ष्मी’, उनलाइ साउथमा यस्तै नामले चिनिन्छ ।

साउथ चलचित्रमा १२ बर्षको अनुभव बटुलेकी यी सुन्दरीले बलिउड यात्रामा प्रवेश गरेपछि आफ्नो जिम्मेवारी झनै बढेको बताइन् । राइ लक्ष्मीको प्रेम सम्बन्ध भारतीय क्रिकेटका चर्चित खेलाडी एम.एस धोनीसँग पनि थियो । उनीहरु ५ बर्ष प्रेम सम्बन्धमा थिए ।

उनले धोनीसँगको प्रेम सम्बन्धले आफ्नो करिअरमा कुनै असर नपरेको बताइन् । तर, प्रेम सम्बन्ध टुटेपछि पनि यो लामो समयसम्म हेडलाइनमा रहेको उनको भनाइ छ । उनले धोनीलाइ खेलकुदमा रहर लाग्ने भएकाले भेटेको पनि बताएकी छिन् । ‘जुली २’बाट बलिउडमा अगाडि बढ्ने उनको सोच छ । यो चलचित्रमा उनले निकै हट दृश्य दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment