Comments Add Comment

दशैंतिहारमा चियापान कार्यक्रम आयोजना गर्न रोक

४ असोज, काठमाडौं । निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठजस्ता चाडहरुमा चियापान कार्यक्रम गर्न रोक लगाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले चियापान कार्यक्रम वा भोजभतेर गर्न रोक लगाएको हो ।

चियापान समारोह तथा भोज भतेरले निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मितव्ययी बनाउन व्यवधान उत्पन्न गर्न सक्ने निर्वाचन आयोगको ठहर छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सार्वजनिक रूपमा सार्वजनिक स्थानमा यस प्रकारका चियापान समारोह तथा भोज भतेर आयोजना नगरी निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न/गराउन सम्बन्धित सबैलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

आयोगले राजनीतिक दल, सबै प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीहरूलाई यस निर्णयबारे जानकारी गराएको छ ।

बिभिन्न राजनीतिक दलहरुले दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएका छन् । नेपाली कांग्रेसले हालै तीन सय वटै प्रादेशिक निर्वाचन क्षेत्रमा चियापान आयोजना गर्ने निर्णय गरेको छ । एमाले, माओवादी केन्द्र लगायत दलहरुले भने चियापान कार्यक्रमको मिति सार्वजनिक गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment