Comments Add Comment

नयाँ बसपार्कमा यात्रुलाई निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा


१९ पुस, काठमाडौं । तपाईं काठमाडौंबाट नयाँबसपार्क हुँदै लामो दूरीको यात्रामा निस्किँदै हुनुहुन्छ ? सन्चो छैन भने बसपार्कमै आफ्नो स्वास्थ्य अवस्था जाँचेरै जानुस् । यसका लागि छुट्टै खर्च भने लाग्दैन ।

नयाँ बसपार्क निर्माण, व्यवस्थापन र सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा स्वास्थ्य परामर्श स्वास्थ्य केन्द्र (क्लिनिक) को स्थापना गरेको छ । बुधबारबाट सञ्चालनमा पनि आएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यो सेवा केन्द्रको उद्घाटन गरे । उनले यस्तो सेवाले काठमाडौं भित्रिने र बाहिरिने यात्रुले आफ्नो स्वास्थ्यबारे परामर्श गर्न पाउने भन्दै खुशी व्यक्त गरे ।

यो सेवा केनद्रमा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ग्रान्डी इन्टरनेशनल हस्पिटलबाट खटिएका स्वास्थ्यकर्मीले सेवा दिनेछन् ।

यो सेवा केन्द्रमा प्रेसर तथा सुगर चेकजाँच पनि गर्न सकिनेछ । समान्य खालका चोटपटकको प्राथमिक उपचार सेवा पनि केन्द्रबाट दिइनेछ । सामान्य ज्वरो, रुघाखोकीको र्अौषधी पनि यात्रुले लिन पाउनेछन् ।

केन्द्रबाट सामान्य स्वास्थ्य समस्याका औषधी पनि निःशुल्क दिने व्यवस्था गरिएको लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले बताए । केन्द्रमा आउने बिरामीलाई ग्लुकोज, पेन किलर लगायतका औषधी पनि निःशुल्क दिइनेछ ।

यो केन्द्रमा आकस्मिक रुपमा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्स पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment