तस्वीर संग्रह

विरामी अलपत्र

विरामी अलपत्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरु उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि अलपत्र परेका विरामीहरू । तस्वीर : गोपाल दाहाल/अनलाइनखबर...

मोवाइल मोह

मोवाइल मोह दक्षिण कोरियाको सउलमा रहेको एसके टेलिकममा स्मार्टफोन चलाउँदै बालकहरु । तस्वीर : एपी...

किराको सुन्दरता

किराको सुन्दरता पोखरा रंगशालामा आहाराको खोजीमा बसेको ड्रागनफ्लाई । नेपालीमा यसलाई गाइने किरा, खेतारी र पानी छ्यापुवा आदि नामले चिनिन्छ । तस्वीरः उमेश पुन/अनलाइनखबर ...

सुँगुरलाई सिमेसाग

सुँगुरलाई सिमेसाग धनकुटाको राजारानीका स्थानीय वालवालिका सुँगुरलाई चारोका लागि सिमेसाग टिपेर घर फर्कंदै ।  शहरमा तरकारीका लागि प्रशिद्ध सिमेसाग गाउँमा सुँगुरसमेत खान पाउँछ । तस्वीर : सौजन्य भक्तशेर लिम्बू ...

काम चल्दैछ

काम चल्दैछ भक्तपुरको दुवाकोटमा सञ्चालित एकीकृत घुम्ती शिविरको उद्घाटन पछि फोटो सहित मतदाता नामावली संकलन केन्द्रको अवलोकन गर्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती । तस्बीर : लक्ष्मी गारु/रासस...

शिल्पाको सीप

शिल्पाको सीप एसएलसी दिएर बसेकी सुनसरी पानवारी-२ की शिल्पा मगर घरेलु तानमा ढाकाटोपी बुनेर खाली समयको सदुपयोग गर्दै । शिल्पाले खर्च कटाएर दैनिक सय रुपैयाँ कमाउँछिन् । तस्वीर : बिकास चाम्लिङ राई...

प्रमुखको विरोध

प्रमुखको विरोध अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति फिर्ता गर्न माग गर्दै धर्नामा बसेका नेकपा-माओवादीसहित ३३ दलका कार्यकर्ता सागै कार्यालयको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी । तस्वीर : विकाश श्रेष्ठ/अनलाइनखबर ...

यिनले चाहिँ के पढ्दा हुन् ?

यिनले चाहिँ के पढ्दा हुन् ? ठूलो कक्षामा पढाई भैरहेको बेला झ्यालबाट चियाउँदै नलाङ मावि चरिमारेटार धादिङमा कक्षा दुईमा पढ्ने एक बालक । तस्वीर : अनलाइनखबर ...

सुरू भो रथजात्रा

सुरू भो रथजात्रा ललितपुरमा सोमबार सुरु भएको रातो मच्छिन्द्रनाथको जात्राको रथ तान्दै । तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर ...

हामी सुन्दरी

हामी सुन्दरी अपाङ्ग बालबालिकाको कार्यक्रममा सहभागी हुन धरान पुगेका मिस पूर्वाञ्चल २०१३ की विजेता नेहा बजाज, फस्टनरनअप एलिसा श्रेष्ठ, मिस क्याटवाक सृष्टि राई र मिस फोटोजेनिक प्रेरणा खड्का । तस्वीर : गोपाल दाहाल ...

‘चुनावको मिति तोक’

‘चुनावको मिति तोक’ संविधानसभा निर्वाचन घोषणाको माग गर्दै धुनषामा आमरण अनशनमा बसेका सद्भावना पार्टीका नेता-कार्यकर्ता । तस्वीरः सद्भावना ...

पाक्यो कि ?

पाक्यो कि ? चीनको नेङगेस हुई स्वायक्त क्षेत्रमा रहेको गृनहाउसमा फलेको आरु पाके नपाएको हेर्दै किसान । तस्वीरः सिन्हृवा ...