बुधबार, १६ चैत, २०७३
OnlineKhabar.com

फिचर

करोडौंको नाटक, हजारौंको टिकट र शो हाउसफुल !

के आसिफले १९६० मा ‘मुगल ए आजम’ फिल्म बनाउँदा त्यसको बजेट १.५ करोड भारु थियो । त्यही समयमा बनेको रिचर्ड एटनबराको फिल्म ‘गान्धी’को बजेट २.२ करोड अमेरिकी डलर थियो । केही हप्ताअगाडि रिलिज भएको हलिउड फिल्म ‘ब्यूटी एन्ड द बिस्ट’ को बजेट १६ करोड अमेरिकी डलर थियो । यी तीनै फिल्ममा एउटा समानता छ...

को बन्ला काठमाडौंको मेयर ? यस्ता छन् प्रमुख दलका दावेदारहरु

१४ चैत, काठमाडौं । देशका राजधानी भएका कारण पनि काठमाडौं महानगरपालिकाको नेतृत्व गर्न प्रमुख दलका केन्द्रीय नेताहरुले नै रुचि देखाउन थालेका छन् । काठमाडौंको प्रमुखको हैसियत केन्द्रीय सरकारको मन्त्रीको भन्दा प्रभावशाली हुने भएकाले पनि चर्चित युवा नेताहरुको नाम काठमाडौंको मेयरको उम्मेदवारका रुपमा चर्चा चल्न थालेको छ । प्रमुख राजनीतिक दलहरुले स्थानीय तहका उम्मेदवार सिफारिसका...

०७४ सालका सार्वजनिक विदाः पृथ्वी जयन्तीमा छैन, धार्मिक अवसरमा विदैविदा (सूचीसहित)

१४ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक वर्ष ०७४/०७५ का लागि वर्षभरिका सार्वजनिक विदाहरुको टुगो लगाएको छ । मन्त्रिपरिषद अन्तरगतको सामाजिक समितिले पुरानै विदालाई निरन्तरता दिने निर्णय गरेको छ । विगतमा जस्तै ०७४ सालमा पनि पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिइएको छैन । तर, नानक जगन्ती, महावीर जयन्ती, क्रिसमस डे लगायतका धार्मिक दिनहरुमा विगतको...

टाइटानिक बारेका १२ तथ्य, सायद तपाईंलाई थाहा छैन

सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा १५१७ जना मानिस मरेका थिए । टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महंगो पानीजहाज थियो । इंगल्याण्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि निस्किएको थियो टाइटनिक । निकै शक्तिशाली उक्त जहाजमा सुरक्षाका सबै उपाय अपनाइएको थियो । तर त्यसका बाबजुत पनि उक्त जहाज आफ्नो पहिलो यात्रामै...

अमेरिकामा यू आकारको टावर बन्दै, विश्वकै सबैभन्दा लामो हुने

विश्वका नामी राष्ट्रहरु एक से एक शानदार भवन बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । यही क्रममा अमेरिकामा एउटा नौलो संरचनाको भव्य टावर बन्ने भएको छ जुन विश्वकै सबैभन्दा लामो हुने बताइएको छ । ‘द बिग बेन्ड’ नाम दिइएको यो टावर म्यानह्याटनमा बन्न लागेको हो । प्रारम्भिक रुपरेखाअनुसार यो टावर अंग्रेजी अक्षर ‘यू’ को उल्टो स्वरुपमा...

चितवनमा चराको संसार (२० तस्वीर)

चितवन राष्ट्रिय निकुञ्ज भन्दाबित्तिकै धेरैलाई लाग्छ, जंगल सफारी गर्दै हात्ती र गैंडा अवलोकन गर्ने ठाउँ हो यो । तर, तपाई भ्रममा हुनुहुन्छ । चितवन चौपाया जंगली जनावरको मात्रै होइन, दोपाया चराहरुको पनि क्रीडास्थल हो ।  राष्ट्रिय निकुञ्जमा पुगेर सागर गिरीले खिचेका रंगीन चराहरुका तस्वीरले यसै भन्छन् । चितवनमा कति छन् चरा ? चितवनमा खर...

गोलीका छर्रा चिलाए, क्रान्तिका सपना विलाए !

चौध वर्षको उमेर छँदा काँधमा बन्दुक भिरेको फोटो दुई ठूला अखबारको बाहिरी पृष्ठमा छापिँदा उनी कम्ति हौसिएका थिएनन् । ‘दुश्मनलाई सिध्याएर’ नयाँ नेपाल बनाइछाड्ने उनको अठोट अझै दृढ भएको थियो । तर, अहिले समयले कोल्टे फेरिसकेको छ ।  ती बाल छापामार थिए, अछाम रामारोशनका कमानसिंह साउद (क.जोशिला) । उपनाम जस्तै उनी जोशै जोशले भरिएका...

पाटनको त्यो रात: म हराएँ तर आफूले चाहेको कराँची पाएँ 

०७२ सालको गर्मी यामको कुरा हो, पाकिस्तानी चित्रकार शना नासिर पाटनको गल्लीमा अलमलिइरहेकी थिइन् । यूएईमा जन्मिएकी, पाकिस्तानको कराँचीमा बस्ने गरेकी उनी त्यसबेला कला सम्बन्धी कार्यशाला गर्न काठमाडौं आएकी थिइन् । पाटनको अँध्यारो गल्लीमा उनलाई आफू कहाँ छु भनेर ठम्याउनै गाह्रो भयो । त्यसमाथि मोबाइलको ब्याट्री सकिसकेको थियो । यो त्यस बेलाको कुरा हो,...

बाउको बिँडो थाम्ने यी हुन् दुनियाका शक्तिशाली छोरीहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवांका ट्रम्पले ह्वाइट हाउसमा जागिर पाएकी छिन् । उनी अब आफ्ना पिताको काममा सहयोग गर्नेछिन् र पितालाई सरसल्लाह दिनेछिन् । ३५ वर्षकी इवान्का डोनाल्ड ट्रम्पकी आँखा तथा कानको रुपमा काम गर्नेछिन् । तर वेष्ट विंगमा काम गरेवापत उनले कुनै तलब वा खास पद भने पाउने छैनिन् । विश्वका हाइप्रोफाइल...

सबै टेलिभिजनमा सेट-टप बक्स अनिवार्य, एनालगलाई यसरी बदल्नुस् डिजिटलमा

१० चैत, काठमाडौं । तपाईं घरमा केबल टेलिभिजन हेर्नुहुन्छ ? यदि आगामी वैशाख १५ सम्म तपाईंले आफ्नो टीभीलाई डिजिटलाइज्ड गर्नुभएन भने सेवा नै बन्द हुनेछ । बैशाख १५ पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरामा वैशाख १५ पछि केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी चल्ने छैन । यी बाहेकका अन्य सबै नगरपालिकामा पनि आगामी कात्तिक...

नेपालको मानव विकासमा प्रगति, मध्यमस्तरमा उक्लियो

नेपाल मध्यमस्तरको मानव विकास भएको राष्ट्रमा उक्लिन सफल भएको छ । यसअघि न्यून मानव विकास भएको देशको रुपमा रहँदै आएको नेपालको मानव विकासको अवस्थामा सुधार आएको पछिल्लो मानव विकास प्रतिवेदनले देखाएको छ । राष्ट्रसंघीय विकास कार्यक्रम, युुएनडिपीले सार्वजनिक गरेकेा ‘सबैका लागि मानव विकास’ शीर्षकको मानव विकास प्रतिवेदन २०१६ अनुसार नेपालको मानव विकास सूचकांक ०.५५८...

थ्रेसहोल्डको प्रभावः ८ दललाई हाईहाई, अरुलाई बाइबाई !

९ चैत, काठमाडौं । व्यवस्थापिका संसदले ३ प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पारित गरेको छ । थ्रेसहोल्ड प्रकरणले सत्ता र विपक्षी दुबै गठबन्धनमा कम्पन पैदा भएको छ । थ्रेस होल्डका कारण अब देशमा बढीमा ८ दलमात्रै अस्थित्वमा रहने संकेत देखिएको छ । अझ समानुपातिकतर्फको सीट संख्या घटेको आधारमा हिसाब गर्ने...