मंगलबार, ११ माघ, २०७३
OnlineKhabar.com

बैंक-वित्त

कृषिमा लगानी बढाउन बैंक उदासीन

१० माघ, काठमाडौं । सरकारको स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक रहेको देखिएको छ । आव २०७३÷७४ को पुस मसान्तसम्म रु एक खर्ब ३८ अर्ब कुल निक्षेप सङ्कलन गरेको उक्त बैंकले सोही अवधिमा रु सात अर्ब ७४ करोड मात्र किसानलाई ऋण प्रवाह गरेको छ । यो लगानी कुल निक्षेपको शून्य दशमलव...

आरबीबी र एनआइडिसी गाभ्ने निर्णय अबको मन्त्रिपरिषदबाटः अर्थमन्त्री

१० माघ, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र एनआइडिसी डेभलपमेण्ट बैंकको मर्जको निर्णय अबको मन्त्रिपरिषद बैठकले गर्ने बताएका छन् । “मर्जर गर्ने मन्त्रालयको प्रस्तावमा मैले हस्ताक्षर गरिसकेँ । अबको मन्त्रीपरिषदको वैठकमा प्रस्तुत हुन्छ ।” सोमवार काठमाण्डौमा वाणिज्य बैंकको ५२ औ वार्षिकोत्सब समारोहलाइ संवोधन गर्दै उपप्रधानमन्त्री महराले भने ।...

सिद्धार्थ बैंकको नाफा ४९ प्रतिशत, मेगाको ६६ प्रतिशत वृद्धि

९ माघ, काठमाडौं । चालु आवको दोस्रो त्रैमाशमा सिद्धार्थ बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ४९ प्रतिशतले बढेको छ । गत त्रैमाशमा ४८ करोड रुपैयाँ कमाएको बैंकले यो त्रैमाशमा ७२ करोड रुपैयाँ नाफा गरेको छ । बैंकको व्याज आम्दानी ६३ प्रतिशतले बढेर १ अर्ब ३० करोड पुगेको छ । त्यस्तै फि, कमिशन, डिस्काउन्ट,...

यसकारण लिएनौं हामीले ४० अर्ब फिर्ता : अनिल शाह

७माघ, काठमाडौं । राष्ट्र बैंकले मंगलवार र बुधवार दुवै दिन गरेर ४० अर्बको आउट राइट पर्चेज (राष्ट्र बैंकले यसअघि जारी गरेर बैंकहरुले खरिद गरेको ऋणपत्र पुनः फिर्ता किन्ने) अवसर दिदा पनि बैंकहरुले यसमा सहभागिता जनाएनन् । राष्ट्र बैंकले ६ महिना प्रयोग गर्न सक्ने यसरी प्राप्त रकम कर्जा दिन प्रयोग गर्ने सुविधा दिएपनि बैंकहरुले सहभागिता...

मेगा बैंक र टुरिजम् एक आपसमा गाभ्ने, चुक्ता पुँजी ९ अर्ब नाघ्ने

७ माघ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंकबीच एक आपसमा गाभ्ने/गाभिने सैद्धान्तिक सहमति भएको छ । विहीबार भएको सहमतीमा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम् डेभलपमेन्ट बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल...

आइएमई कस्टमर कार्डमा बोनस पोइन्ट र उपहारको योजना

६ माघ, काठमाडौं । आइएमईले कस्टमर कार्डमा बोनस अंकसहित निश्चित उपहारको व्यवस्था गरेको छ ।यो योजना आगामी असार मसान्तसम्म लागु हुनेछ । योजनाअन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तर्राष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकमअनुुसार निश्चित बोनस अंक प्राप्त हुनेछ । निश्चित बोनस अंकमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ । साथै बोनस अंक...

राष्ट्रिय वाणिज्य बैंकको नाफा १९ प्रतिशत वृद्धि, यसै वर्ष सेयर जारी गर्ने

६ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आवको दोस्रो त्रैमाशसम्ममा नाफा १९ प्रतिशतले वृद्धि गरेर १ अर्ब ३० करोड रुपैयाँ पु¥याउँन सफल भएको छ । बैंकले ५२ औं बार्षिकोत्सवको पुर्वसन्ध्या कार्यक्रममा यस्तो जानकारी दिएको हो । बैंकले यो अवधिमा १ खर्ब ३८ अर्ब निक्षेप संकलन र कुल कर्जा लगानी ९३ अर्ब ४८ करोड...

एनआइसीको नाफा ४३ प्रतिशत बढ्यो, सिटिजन्सको कर्जा निक्षेप अनुपात ‘टाइट’

५ माघ, काठमाडौं । एनआइसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमाशमा नाफा ४३ प्रतिशतले बढाएको छ भने सिटिजन्स बैंकको ५० प्रतिशतले वृद्धि भएको छ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले गत आवको पुससम्ममा ५० करोड २० लाख रुपैयाँ नाफा गरेकोमा यस आवको यही अवधिमा नाफा ७२ करोड १४ लाख रुपैयाँ पुगेको छ ।...

एउटै संस्थाले सर्वसाधारणमा एफपीओ गरेर पटक पटक पैसा उठाउन नपाउँने

४ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले एफपीओ (नयाँ सेयर) निष्कासनको नाममा पटक पटक सर्वसाधारणबाट पुँजी उठाउँन नदिने सम्भावना रहेको छ । एक पटक सर्वसाधारणमा सेयर जारी गरिसकेको कम्पनीले सर्वसाधारणबाट पुनः रकम संकलन गर्न प्रयोग गरिने उपकरण नै एफपिओ अर्थात् फर्दर पब्लिक अफरिङ हो । ‘एफपीओबाट सजिलै पैसा उठायो, त्यही पुँजीबाट लाभांश लियो अनि...

एकभन्दा बढि स्टक मार्केट हुँदा बजार ‘डिस्टोर्ट’ हुन्छ : गभर्नर

२९ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २४ औं बार्षिकोत्सव कार्याक्रममा सरोकारवालाहरुले नेप्सेलाई क्रमिक रुपमा भएपनि निजीकरणमा लैजानु पर्नेमा जोड दिएको छन् । ‘अहिले नै बजारमा अनेकन कुरा सुनिन्छ थप एक्सचेन्ज हुँदा बजारमा डिस्टोर्ट (दिगभ्रमित) हुन जान्छ, अहिले अन्तराष्ट्रिय बजारमा एक्सचेन्जहरु मर्ज भइरहेका छन्, प्रविधिको बिकासले सबै सम्भव भएको छ, हामी भने...

स्रोत गुमेको लघुवित्त कम्पनीको ३ अर्ब व्याज आम्दानी पनि गुम्दै

२८ पुस, काठमाडौं । वाणिज्य बैंकहरुलाई विपन्न वर्गमा कुल कर्जाको २ प्रतिशत कर्जा प्रत्यक्ष लगानी गर्ने राष्ट्र बैंकको निर्देशनपछि ३ महिना ( गत असोजसम्म) मा नै ३ अर्ब गुमाएका लघुवित्त कम्पनीहरुले स्प्रेड लाग्नेभएपछि त्यति नै आम्दानी गुमाउनु पर्ने भएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको गत कात्तिकसम्मको तथ्यांकलाई आधार मान्दा सञ्चालनमा रहेका ४६ वटा...

बैंकहरुमा कार्यकारी अध्यक्षको कार्यकाल तोकियो, अध्यक्षलाई भने सीमा नलाग्ने संकेत

२७ पुस , काठमाडौं । मंगलवार संसदबाट पारित बैंक तथा वित्तीय संस्था सम्बन्धि कानुन संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७२ र पुरक प्रतिवेदन २०२३ ले कार्यकारी अध्यक्षको कार्यकाल तोकेपनि अध्यक्षको कार्यकालमा भने मौनता साँधेको छ । मुल विधेयक   मुल विद्येयकको दफा १५ को उपदफा २ लाई संधोधन गरेर अध्यक्षको स्थानमा कार्यकारी अध्यक्ष...