बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com

विजनेश-फिचर

कुलेखानी तेस्रोको काम सुस्त, आयोजना प्रमुख भन्छन्-साउनसम्म असम्भव

१२ बैशाख, काठमाडौं । प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले कुलेखानी तेस्रो जलबिद्युत आयोजनाको काम साउनसम्ममा काम सक्न निर्देशन दिएका छन् । तर, काम साह्रै सुस्त गतिमा अघि बढेकाले साउनसम्म सकिने कुनै सम्भावना नरहेको आयोजना प्रमुख सुवासकुमार मिश्र बताउँछन् । मिश्रका अनुसार अहिले इलेक्ट्रोमेकानिकलको काम राम्रोसँग अघि बढ्न सकेको छैन । चिनियाँ ठेकेदार कम्पनी झे जियाङ...

आन्तरिक उडानको प्रतिस्पर्धामा बुद्ध एयर अगाडि, नेवानि ५ औं स्थानमा

१२ बैशाख, काठमाडौं । आन्तरिक उडान भर्ने विमान कम्पनीहरुको प्रतिस्पर्धामा बुद्ध एयरले अरुलाई उछिनेको छ । सन् २०१६ मा सबैभन्दा बढी उडान भर्ने विमान कम्पनीको सुचीमा बुद्ध एयर पहिलो स्थानमा रहेको हो । त्रिभुवन विमानस्थलका अनुसार सन् २०१६ मा यस कम्पनीले २३ हजार ९ सय ७९ पटक उडान भरेको छ । सन् २०१५ मा...

बैंकको एसएमएसले ब्यवासायी तनावमा, भन्छन् ब्याजदर धान्न गाह्रो भो

११  बैशाख, काठमाडौं । पटक–पटक ब्याजदर बढेको एसएमएस बैंकहरुबाट आउन थालेपछि व्यवसायीहरु तनावमा परेका छन् । सोमबार अर्थमन्त्री कृष्णबहादुर महरासँगको एक अन्तरक्रियामा उनीहरुले बैंकहरुको रवैयाप्रति आक्रोश व्यक्त गरे । ‘बैंकले कर्जाको सम्झौता गर्दा पत्रको खात नै पठाउँछ, तर ब्याजदर बढाउँदा एउटा एसएमएस जारी गरे पुग्ने ?’ नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले भने,...

विदेशबाट निःशुल्क पठाउनुस् घरमा पैसा, सरकारले बेहोर्नेछ रेमिट्यान्स पठाउने खर्च

११ बैशाख, काठमाडौं । विदेशमा रहेका नेपाली कामदारले औपचारिक प्रणालीबाट स्वदेशमा रकम पठाउँदा लाग्ने शुल्क तथा कमिसन नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने भएको हो । ‘हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारहरुको लागत घटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको हो,’ स्रोतले...

कर्मचारीका लागि १६६ करोड खर्चँदै नेशनल ट्रेडिङ, टेकुको ५१ रोपनी जग्गा बेचिने

११ बैशाख, काठमाडौं । राज्यले नागरिकलाई सेवासुविधा दिन सरकारी उद्योग र कम्पनीहरु खुल्नुपर्ने माग भइरहेकै छ । तर, चलिरहेका धेरै सरकारी कम्पनी पनि हेटौंडा कपडा उद्योग, वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखानाकै बाटोमा अग्रसर छन् । व्यवस्थापन बिग्रिएपछि एउटा सरकारी कम्पनीको कसरी अस्तित्व मेटिने अवस्थामा पुग्छ भन्ने पछिल्लो उदाहरण बनेको छ, नेशनल ट्रेडिङ लिमिटेड...

चमेलियाको ड्राइ टेस्ट जेठ १ गते गरिने, साइड टनेल बन्द गरिँदै

११ वैशाख, काठमाडौं । दार्चुलामा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको ड्राइ टेस्ट जेठ १ गते गर्ने तयारी भएको छ । निर्माण भएका उपकरण कन्डिसनमा छन् वा छैनन् र जडान ठिक तबरले गरिएको छ वा छैन भनेर यो परिक्षण गर्न लागिएको हो । चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय दाहालका अनुसार अहिले आयोजनाले साइड टनेल...

राष्ट्रपतिबाट बाफिया प्रमाणित, के के छन् व्यवस्था ?

१० बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैंक तथा वित्तीय संस्था सम्बन्धि विद्येयक २०७३ प्रमाणित गरेकी छिन् । यससँगै यो राजपत्रमा प्रकाशित हुनेछ भने ऐनको रुपमा कार्यान्वयनमा आउनेछ । संसदबाट बहुमतले पारित भएपछि यसमा उदृत केही विषयमा विवाद निस्किएको भएपनि राष्ट्रपति भण्डारीले यस विद्येयकलाई संशोधनको लागि संसदमा फिर्ता नपठाउनुले यो हुबहु पारित भएको...

वैदेशिक रोजागारीमा जानु अघि पुनर्निर्माणमा २० हजारको जागिर

१० वैशाख, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेको युवाहरुलाई छोटो समयका लागि पुनर्निर्माणमा खटाउने भएको छ । पुनर्निर्माणमा दक्ष कामदारको अभाव भएपछि प्राधिकरणले अल्पकालीन रोजगारी दिएर युवाहरुलाई खटाउन लागेको हो । यसबारे आइतबार वैदेशिक रोजगार ब्यवसायी संघ र पुनर्निर्माण प्राधिकरणबीच सम्झौता भएको छ । सहमति अनुसार बैदेशिक रोजगारीमा जान भिसाका...

लक्ष्यअघि नै तामाकोसी चलाउन अब ३ सिफ्टमा काम, बोर्ड बैठक आयोजनास्थलमै

१० वैशाख, काठमाडौं । अहिलेको लक्ष्यअनुसार काम हुने हो भने ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिट विसं ०७५ को असारसम्म सञ्चालनमा आउनेछ । पुसबाट यसले पूर्ण क्षमतामै विद्युत् उत्पादन थाल्नेछ । तर, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्यभन्दा अघि नै तामाकोसी सञ्चालनमा ल्याइसक्ने गरी पहलकदमी अघि बढाएका...

बाहिरी चक्रपथको डीपीआर एक साताभित्रै, चीनको ७२ अर्ब अनुदान

९ वैशाख, काठमाडौं । काठमाडौंमा बन्ने बाहिरी चक्रपथको डीपीआर एक साताभित्रै तयार हुने भएको छ । डीपीआर आएपछि मन्त्रीपरिषदबाट स्वीकृत गराएर निर्माणका लागि पहिलो चरणमा तत्कालै काम थाल्ने बाहिरी चक्रपथ विकास आयोजनाले जनाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तरगतको आयोजनाले चक्रपथको डीपीआरको अन्तिम रुप दिने काम एक साता भित्रै सक्ने निमित्त प्रमुख ध्रुब सापकोटाले...

बजारको उतारचढावमा निर्णय लिन आरएसआई सूचक कसरी गणना गर्ने ?

९ वैशाख, काठमाडाैं ।रिलेटिभ स्ट्रेन्थ इण्डेक्स बजार वा सेयरको प्राविधिक अध्ययनमा निकै प्रचलित उपकरण हो । यसको प्रयोगले बजारमा सेयर खरीदविक्रीको चाप कुन अवस्थामा छ भन्ने जान्न सकिन्छ । यसबाट बजारमा कति बेला प्रवेश गर्ने वा कत्ति बेला निस्कने भन्ने जानकारी पाइन्छ । समग्र बजारको मात्र नभएर आरएसआईको प्रयोग स्टक सेयर (कम्पनीको सेयर)को अध्ययन...

शनिबार र मंगलबार विमान चढ्दा टिकटमा सहुलियत

८ बैशाख, काठमाडौं । शनिबार र मंगलबार यात्रा गर्दा अशुभ हुन्छ भन्ने अन्धविश्वास अझै पनि नेपाली समाजमा बाँकी छ । यसबाट विमान कम्पनीसमेत प्रभावित बन्दै आएका छन् । गत मंगलबार बुद्ध एयरमा भैरहवासम्मको टिकट २६ सय रुपैयाँमा बेच्यो । जबकि अन्य दिनमा भने सो टिकट ३९ सय रुपैयाँ बेचिन्थ्यो । बुद्ध एयरकी बजार व्यवस्थापक...