शुक्रबार, ११ चैत, २०७३
OnlineKhabar.com

देश

नेपालले छुट्टै बौद्ध सर्किट बनाउनुपर्छ : कोष

३ भदौ, लुम्बिनी । भारतले प्रस्ताव गरेको बौद्ध सर्किटमा लुम्बिनीलाई मात्रै जोड्दा नेपाललाई नाफाभन्दा नोक्सान बढी हुने लुम्बिनी विकास कोषले जनाएको छ । कोषले बुद्ध सर्किटमा लुम्बिनीलाई मात्रै समावेश गरे अन्य क्षेत्र ओझेलमा पर्ने भएकाले नेपाललाई नाफाभन्दा बढी नोक्सान हुने उल्लेख गरेको छ । कोषका अनुसार लुम्बिनीलाई मात्र छुने गरी बौद्ध सर्किट बनाउने हो...

बलात्कारपछि बालिकाको हत्या

३ भदौ, धनुषा । तारापट्टी सिरसियामा बालिकाको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै जिल्लाकै बेँगाडावरमा अर्की एक बालिकाको पनि बलात्कारपछि हत्या भएको छ । बलात्कार गरी हत्या गरिएको अवस्थामा बेँगाडावर-९ निवासी ११ वर्षीया एक बालिकाको शव फेला भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कृष्णाष्टमी दिन लालगढ...

पानी परेपछि रातमा जाग्रम बस्छन् तनहुँको शान्तिनगरवासी

३ भदौ, तनहुँ । तनहुँको व्यासनगरपालिका-१० स्थित शान्तिनगर टोलका बासिन्दा पानी पर्न थालेपछि जाग्रम बस्छन् । आकासमा बादल घुम्न थालेपछि यस क्षेत्रका बासिन्दा पानी पर्ने भयो भन्दै निराश हुने गरेका छन् । हालै सिन्धुपाल्चोक र दाङमा नरसंहार हुने गरी आएको बाढीपहिरोले ठूलो मात्रामा धनजनको क्षति भएपछि त्यहाँका मानिस पनि त्रसित बनेका हुन् । मादी...

फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा र्‍याली

३ भदौ, काठमाडौं । फोटोग्राफी दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । १ सय ७५ औ फोटाग्राफी दिवसको अवसरमा काठमाडौंमा र्‍याली निकालिएको थियो । राष्ट्रिय फोटो पत्रकार समूहको अगुवाइमा निकालिएको र्‍याली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएर भद्रकाली, सहिद गेट, सुन्धारा, शान्तिवाटिका र पुरानो बसपार्क हुँदै पूर्ण भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको थियो । सोही अवसरमा...

हेलिकोप्टरबाट पहिरो पीडितलाई राहत वितरण

३ भदौ, दाङ । बाढी र पहिरोका कारण पीडित भएका जिल्लाको विकट स्थानका रुपमा रहेका पुरन्धरा-९ गङ्गटेमा जिल्ला प्रशासन कार्यालय दाङले हेलिकोप्टरबाट राहत पठाई वितरण गरेको छ । मंगलबार सो वडाका विभिन्न गाउँमा बाढी तथा पहिरोबाट पीडितका लागि १० क्विन्टल चामल, दुई बोरा दाल, एक बोरा चिनी, चिउरा, चाउचाउ, तेल, भाँडाकुँडा, औषधि, कम्बल लगायतका...

काँकडभिट्टामा पनि राखियो इबोला डेक्स

३ भदौ, झापा । पूर्वी नेपालको मुख्य नाका काँकडभिट्टामा इबोला भाइरसको सङ्क्रमण रोक्न सरकारले क्वारेन्टाइन हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । झापाको काँकडभिट्टा भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको र सिक्किम, आसाम, मेघालय, नागाल्यान्डलगायतका प्रान्तसँग नजिक रहेको नेपालको पूर्वी नाका हो । अध्यागमन कार्यालय परिसरमा स्थापना गरिएको इबोला हेल्प डेक्समा अहेव हरिश्चन्द्र देवकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीको...

गुण्डा नाइके दावा लामा बाैद्धबाट पक्राउ

२ भदौ, काठमाडौं । गुण्डा नाइके दावा लामालाई प्रहरीले काठमाडौंको बाैद्धबाट पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र परिसर हनुमान ढोकाको संयुक्त टोलीलाई लामालाई सोमबार साँझ बाैद्धबाट पक्राउ गरेको हो । अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले काभ्रेली समूहका गुण्डा नाइके लामा पक्राउ परेको पुष्टि गरे । ‘दावा लामा पक्राउ परेका...

पूर्वराजाले भने- सयौंको मृत्यु र हजारौंको उठीवासबाट दुःखी छु

२ भदौ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । शाहले सोमबार जारी गरेको सन्देशमा सयौं व्यक्तिको मृत्यु, सयौ घाइते र वेपत्ता तथा हजारौको घरवार उठीवास भएको घटनाबाट आफू दुखित भएको उल्लेख गरेका छन् । यस्तो प्राकृतिक विपत वर्षे आउने प्रकोपकै रुपमा रहेको भन्दै उनले रोकथामका...

किन फ्लप खायो ओलीको फटाफट फर्मूला ?

२ भदौ, काठमाडौं । साउन १ गते नेकपा एमालेको अध्यक्षको रुपमा सपथ ग्रहण गर्दा केपी शर्मा ओलीले भनेका थिए-मसँग अरु साथीहरुको जस्तो पर्याप्त समय सुविधा छैन, त्यसैले सबै काम फटाफट हुनेछन् । ओलीले आफ्नो कमजोर स्वास्थ्यप्रति गरिएका टिप्पणीहरुतर्फ संकेत गर्दै आफूले पूरै ५ वर्ष पार्टी अध्यक्ष नचलाउने, गुटबन्दी नगर्ने र सबै काम फटाफट हुने आश्वासन...

अर्काको खुट्टा तान्ने संस्कृति मौलायो : प्रचण्ड

२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपाली समाजमा अर्काको खुट्टा तान्ने र त्यसैमा रमाइलो मान्ने संस्कृति मौलाएको गुनासो पोखेका छन् । नेताहरु राष्ट्रिय स्वार्थमा भन्दा पनि आफ्नो संकीर्ण स्वार्थतर्फ केन्दि्रत हुने प्रवृत्ति देखा पर्न थालेको प्रचण्डको भनाइ छ । सोमबार व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने- ‘अरुलाई खुट्टा तान्न पाए खुशी...

बाबुरामले थाले राज्य पुनःसंरचनाबारे छलफल

२ भदौ, काठमाडौं । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले नयाँ संविधानको सबैभन्दा विवादित राज्यको पुनःसंरचना र शासकीय स्वरुपबारे छलफल सुरु गरेको छ । समित सभापति डा. बाबुराम भट्टराईले सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा दुवै विवादित विषयमा प्रारम्भिक छलफल भएको नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए...

संविधान नबनेसम्म सरकार परिवर्तन हुँदैन : एमाले उपाध्यक्ष

२ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधानसभाबाट संविधान निर्माण नहुन्जेलसम्म एमाले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् । कांग्रेस र एमालेवीच सरकार निर्माणको बेला भएको सातबुँदे सहमति संविधान निर्माणको लागि भएको भन्दै्र उनले सहमति कार्यान्वयन गरेर अघि बढ्नु पर्नेमा जोड दिए । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा रावलले भने-‘हामी...