शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

देश

बाँकेको होलियामा आगलागी, ४० घर नष्ट

१५ वैशाख, नेपालगन्ज । बाँकेको होलिया चौफेरीमा आगलागि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार शुक्रबार दिउसो साढे तीन बजे लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासबाट आगो नियन्त्रणमा लिने प्रयास भए पनि समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा...

शिक्षा कार्यालयमा ताला लगाउँदा विद्यार्थी र प्रहरीबीच झडप

१५ बैशाख, काठमाडौं । निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी र प्रहरीबीच ताहाचलमा झडप भएको छ । ताहाचलस्थित जिल्ला शिक्षा कार्यालय काठमाडौंमा तालाबन्दी गर्न गएका विद्यार्थीलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा केही विद्यार्थी सामान्य घाइते भएका छन् । प्रहरीले हस्तक्षेप गरेपछि विद्यार्थीहरूले प्रहरी प्रशासनविरूद्ध नाराबाजी गरेका थिए । आठ विद्यार्थी संगठनहरुले सार्बजनिक...

प्रचण्डपुत्री रेणु दाहालले भनिन्- राजनीतिक जीवन चितवनमै बिताउँछु

१५ बैशाख, चितवन । माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी रेणु दाहालले आफ्नो राजनीतिक जीवन चितवनमै बिताउने बताएकी छन् । उनले चितवन र काठमाडौंलाई जोड्ने पुलको रुपमा काम गर्ने पनि बताइन् । माओवादी केन्द्रले शुक्रबार चितवनका सबै स्थानीय तहका उम्मेदवारहरुको घोषणा गरेको छ । घोषणा कार्यक्रममा रेणुले भनिन्, ‘पार्टी राजनीतिमा लागेको २०...

बर्दियामा माओवादी केन्द्रका यस्ता छन् उम्मेदवार

१५ बैशाख, गुलरिया । दोस्रो चरणमा स्थानीय चुनाव हुन लागेको पाँच नम्बर प्रदेशको बर्दिया जिल्लामा माओवादी केन्द्रले चुनाव प्रचार प्रसारलाई जारी राखेको छ । बर्दियाका अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लगाइसकेको माओवादीले संगठन बिस्तार र मतदातासँगको भेटघाटलाई तिव्रता दिएको छ । बर्दियामा ६ वटा नगरपालिका र दुईवटा गाउँपालिका छन् । कांग्रेस र एमालेले उम्मेदवारहरुको...

कैलालीमा माओवादी केन्द्रले उम्मेदवार तोक्यो

१५ बैशाख, कैलाली । नेकपा माओवादी केन्द्र कैलालीले जिल्लामा लगभग सबै स्थानीय तहका प्रतिनिधिको उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले जिल्लाका ७ नगरपालिका र ६ गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको हो । केन्द्रले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा रामसमझ राना र शान्ति कुमारी अधिकारीलाई छनौट गरेको छ । टीकापुर नगरपालिकाको मेयरमा ललित थापाको उम्मेदवारी...

विद्यार्थी नेताहरुलाई शिक्षा मन्त्रालयले वार्तामा बोलायो

१५ बैशाख, काठमाडौं । निजी विद्यालयको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुलाई शिक्षा मन्त्रालयले आज वार्तामा बोलाएको छ । शिक्षा मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय विद्यार्थी संगठनहरुले सार्बजनिक गरेलगत्तै मन्त्रालयले वार्तामा बोलाएको हो । विद्यार्थी नेताहरुलाई आज दिउँसो एक बजे वार्तामा बोलाइएको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले जानकारी दिए । प्रवक्ता...

कम डोज औषधिमै सर्पदंशका बिरामीको उपचार

 विगतको तुलनामा कम भाइल ‘एन्टिस्नेक भेनम’ले सर्पदंशका बिरामीलाई निको पार्न थालिएको छ । एउटा बिरामीलाई एक सय ६५ भाइलसम्म एन्टिस्नेक भेनम दिइने गरेकामा अनुसन्धानपछि ३० भेनम भन्दा बढी दिनु नपरेको पुष्ठी भएको भरतपुर अस्पतालले जनाएको छ । स्विजरल्यान्डको जेनेभा विश्वविद्यालयको सहयोगमा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भरतपुर अस्पतालका वरिष्ठ फिजिसियनद्वय डा विजय पौडेल डा...

सडक दुर्घटनामा महिलाको मृत्यु

१५ वैशाख, काठमाडाै । गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले...

भिरबाट खसेर एकको मृत्यु

पाल्पा, १५ वैशाख । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ । मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम जीसीले बताए ।...

दुई चरण निर्वाचनले सुस्तायो बैतडीको चुनावी गतिविधि

१५ वैशाख, बैतडी । सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता आएको छ । प्रदेश नं १, २, ५ र ७ मा जेठ ३१ गते तथा ३, ४ र ६ नं प्रदेशमा सरकारले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । वैशाख...

स्थानीय चुनावमा लमजुङका आधा दर्जन पत्रकार आकाङ्क्षी

१५ वैशाख, लमजुङ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै लमजुङका क्रियाशील पत्रकार पनि आकाङ्क्षी देखिएका छन् । लमजुङका स्थानीय तहमध्ये वडा, गाउँपालिका र नगरपालिका प्रमुखका लागि पत्रकार आकाङ्क्षी देखिएका हुन् । प्रेस युनियनका पूर्व गण्डकी अञ्चल संयोजक एवम् लमजुङ आवाज साप्ताहिक पत्रिकाका प्रधान सम्पादक मिलन शर्मा दनाईंले बेसीसहर नगरपालिकाअन्तर्गत वडा नं ८ बाट अध्यक्षका लागि...

५० प्रतिशत सुन आयात आफैंले गर्न पाउनु पर्ने व्यवसायीको माग

१५ वैशाख, काठमाडौं । नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ यहाँ पत्रकारसम्मेलन गरेर त्यस्तो माग...