शनिबार, १६ वैशाख, २०७४
OnlineKhabar.com

देश

नेविसंघमा ३ केन्द्रीय सदस्य मनोनित

१४ बैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा तीन जना मनोनित भएका छन् । नेविसंघ अध्यक्ष नैनसिंह महरले संजीब न्यौपाने, तीर्थ गौतम र मनीषजंग थापालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । नेविसंघको विधानमा पदाधिकारी र सदस्यसहित २२ जना मनोनित गर्न पाउने व्यवस्था छ । अध्यक्ष महरले महाधिवेशन सकिएको आठ महिनापछि तीन जनामात्र...

गैरसरकारी संस्थालाई निर्वाचन आयोगको आग्रह- चुनावमा निष्पक्ष भूमिका होस्

१४ बैशाख, काठमाडौं । निर्वाचन आयोगले गैह्रसरकारी संघ संस्थाका प्रतिनिधिलाई निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेको छ । गैह्र सरकारी संघ संस्थासँग निर्वाचन आयोगले बिहीबार राजधानीमा गरेको अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवले निर्वाचन आचार संहितालाई पालना गर्दै स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् । स्थानीयस्तरमा निर्वाचन...

चार सचिवको सरुवा, स्थानीय विकासमा दिनेश थपलिया

१४ बैशाख, काठमाडौं । सरकारले चारजना सचिवको सरुवा गरेको छ । निर्वाचन आयोगको सहमतिमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु दिनेश थपलिया, केदारबहादुर अधिकारी, सर्वजितप्रसाद महतो र सञ्जय शर्मालाई सरुवा गरेको हो । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयका सचिव थपलियालाई स्थानीय विकास मन्त्रालयमा सरुवा गरेको छ । थपलिया स्थानीय तहका अनुभवी प्रशासक हुन् । स्थानीय तहको...

बजारमा विषालु आँपः उपभोक्ता मन्द विषको सिकार

१४ वैशाख, वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन–भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको...

बजारमा विषालु आँपः उपभोक्ता मन्द विषको सिकार

१४ वैशाख, वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् । खासगरी प्राकृतिकरुपमा आँप पाक्ने समय असार महिनाको अन्त्यदेखि साउन÷भदौ महिनाको समय भएपनि स्थानीय बजारमा भने वैशाख सुरुदेखि नै आँपले बजार कब्जा गरेको देखिन्छ । बिक्रीका लागि राखिएका यस्ता भारतीय आँपको...

छन्त्याल जातिले नै बिर्से आफ्नो भाषा

१४ वैशाख, म्याग्दी । अत्यन्त न्यून सङ्ख्यामा रहेका र म्याग्दी जिल्लामा मुख्य बसोबास गरेका छन्त्याल जातिले आफ्नो छन्त्याल भाषा भुल्दै जान थालेका छन् । छन्त्याल जातिको मुख्य बसोबास रहेको म्याग्दी जिल्लामा कतिपय छन्त्याल जातिका मानिसले आफ्नो मातृभाषा भुलिसकेको बताएका छन् । नेपालमा रहेका थुप्रै जातजातिले भाषा संस्कृति जगेर्नामा लागिरहँदा जिल्लाको अधिकांश गाविसमा बसोबास गर्ने...

चितुवाको छालासहित ६० वर्षीय वृद्ध पक्राउ

१४ बैशाख, कैलाली । क्षेत्रिय अनुसन्धान समूह (आरआईटी) सुदूरपश्चिमले बुधबार राति अमरगढी नगरपालिका-७, पोखरा बजारबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । अमरगढी नगरपालिका ६, भाटगाउँका ६० वर्षीय करविर दत्त भट्टराईलाई ७ फिट लम्बाई र २ फिट चौडाई भएको चितुवाको छाला सहित पक्राउ गरेको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) रोमेन्द्र सिंह देउजाले...

जनगणतान्त्रिक मोर्चामार्फत चुनाव लड्दै वैद्य, गोरखा नपाको उम्मेदवार छान्यो, बाँकीको छिट्टै

१४ वैशाख, गोरखा । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ( माओवादी क्रान्तिकारी) ले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत आउँदो यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ । गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नपाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी...

मतदाता शिक्षा स्थगित, मतदान अधिकृत फर्किए

१४ वैशाख, सोलुखुम्बु । प्रदेश नं १ को स्थानीय तह निर्वाचन जेठ ३१ गतेका लागि सारिएपछि सोलुखुम्बुमा मतदाता शिक्षा कार्यक्रम पनि स्थगित गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख खिमादेवी लगेवाका अनुसार जिल्लामा सञ्चालन भइरहेको मतदाता शिक्षा कार्यक्रम निर्वाचन मिति सरेका कारण मङ्गलबारदेखि स्थगित गरिएको हो । जिल्लाका एकसय २० मतदान केन्द्रका लागि...

पाँचथरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

१४ वैशाख, पाँचथर । पाँचथरको याङबरक गाउँपालिका–१ स्थित च्याङथापुबजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने मचिन्द्र बेघाका छोरा सन्तोष बेघा रहेका छन् । यस्तै, सोही ठाउँ बस्ने मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथापुमा उपचार...

मधेसी नेता भन्छन्- झापा र कैलालीमा पनि स्थानीय तह थपौं !

१३ बैशाख, काठमाडौं । सरकारले मधेसका ११ जिल्लामा मात्रै स्थानीय तहको संख्या बढाउने निर्णय गरेकोमा मधेसी मोर्चाका नेताहरुले आश्चार्य प्रकट गरेका छन् । मधेसका ११ जिल्लामा मात्रै स्थानीय तह थप्ने माग आफूहरुले नराखेको मधेसी नेताहरुले स्पष्ट पारेका छन् । सरकारले दुई नम्बर प्रदेशका ८ जिल्ला र ५ नम्बर प्रदेशका तीन जिल्ला (कपिलवस्तु, नवलपरासी र...

कपिलवस्तुमा आगलागी, ५० घरगोठ नष्ट

१३ बैशाख, कपिलवस्तु । यहाँको विजयनगर गाउँपालिका-४ महिलावारमा आगलागी हुँदा ५० घरगोठ नष्ट भएका छन् । महिलवारका दादु कहारको घरमा भुजा भुट्ने क्रममा आगलागी भएको हो । आगलागीबाट गुल्लु कहारको घरमा पाहुँना आएकी कोटवाकी करिव ६० बर्षीय बन्शी प्रजापती घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट ४ बाख्रा, २ गाई मरेको स्थानीय गौतम यादवले जानकारी दिए...